इमर्जिंग कपमा नेपाल पनि खेल्न पाउने, एसियाली टेस्ट रास्ट्रहरु समेत सहभागी

emerging nations cup 2017
  • विकेटनेपाल, फाल्गुन १४ – काठमाडौँ 

बंगलादेशमा मार्च २५ देखि सुरु हुने एसीसी ईमर्जिंग नेसन्स कपमा नेपाली क्रिकेट टिमले सहभागिता जनाउने भएको छ l

एसीसीले तयार गरेको बार्षिक क्यालेन्डरमा नेपाललाई पनि समाबेस गरेर प्रतियोगिता गराउने भनिएतापनि एसीसीको पछिल्लो निर्णयले एकदिवसीय रास्ट्रहरुलाई मात्र खेल्ने मौका दिने कुरा अगाडी आएको थियो l

एसीसीको उक्त निर्णय पछि क्रिकेट संघका पुर्ब सीईओ भावना घिमिरेले नेपाली टिमसंगको सल्लाहमा एसीसीसंग उक्त निर्णयको पुनर्विचार गरि नेपाललाई सहभागी गराउन गरेको अनुरोध एसीसीले स्वीकारेको हो l

Bhawana Ghimire
भावना घिमिरे

विकेटनेपालसंग कुराकानी गर्दै पुर्ब सीईओ घिमिरेले एसीसीले नेपाललाई प्रतियोगितामा सहभागिता गराउने कुराको पुस्टि गरेकी छिन् –

“नेपाल नखेल्ने भन्ने थाहा पाएपछि नेपाली क्रिकेट टिमको तर्फबाट अपिल गरेको हुँ जसपछि एसीसीले नेपाललाई पनि समाबेस गर्नेभएको हो”

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टेस्ट रास्ट्रको यु-२३ टोलि सहभागी हुनेछन् भने नेपाल सहित अफगानिस्थान, हंगकंग र मलेसिया सहभागी हुनेछन् l

यस अघि युएई र हंगकंगले ब्यस्त कार्यतालिकाको कारण प्रतियोगिता नखेल्ने बताउदै प्रतियोगिता नखेल्ने बताईएको थियो l घिमिरेका अनुसार हंगकंग प्रतियोगिता खेल्ने भएको र युएईको स्थानमा मलेसियाले प्रतियोगिता खेल्ने मौका पाएको हो l प्रतियोगितामा मलेसिया, नेपाल र हंगकंग सहभागी हुने कुरा मलेसियन क्रिकेट एसोसिएसनका अध्यक्ष महिन्दा भल्लिपुरमले ट्विट गर्दै पुस्टि गरेका छन् l

मार्च २५ देखि अप्रिल ५ ( चैत्र १२-२३ ) सम्म बंगलादेशमा संचालन हुने एकदिवसीय प्रतियोगिता यस अघि मार्च १५ देखि हुने कार्यक्रम थियो l

सन् २०१३ मा एसीसीले संचालन गरेको एसीसी एमर्जिंग टिम्स कपको पहिलो संस्करणमा ४ एसियाली टेस्ट रास्ट्र सहित नेपाल, अफगानिस्तान, युएई र सिंगापुरले सहभागिता जनाएका थिए l भारतले उपाधि जितेको उक्त प्रतियोगितामा भारत, पाकिस्तान र अफगानिस्तान रहेको समुहमा परेको नेपाल सबै ३ वटा खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको थियो l

एसीसीलाई आईसीसीले खारेज गरेपछि उक्त प्रतियोगिता पनि रोकिएको थियो जसले पुनः एसीसी संचालनमा आएपछि निरन्तरता पाएको हो l

नेपाली क्रिकेट टिम हाल फाल्गुन २८ र ३० गते टियु मैदानमा खेल्ने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासंगको खेलको तयारी स्वरूप भारत भ्रमणमा रहेको छ l

यो पनि पढ्नुस : 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]