ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको यो पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल हो।

डलास स्थित ग्राण्ड प्रेरिमा नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो। नेपाल १७ रनले विजयी भयो।

अमेरिकाको लागि शायन जहाँगिरले अविजित अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त रहेन। उनले ३४ बलमा ६ चौका र २ छक्का मद्दतले ६० रन प्रहार गरे। आन्द्रेस गोसले ३०, मिलिंद कुमारले २२ तथा जस्दिप सिंहले १६ रन योगदान दिए।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको अमेरिकाले ५६ रनमा ४ विकेट गुमायो। पाँचौ विकेटको लागि शायन जहाँगिर र मिलिंद कुमारले ३८ रनको साझेदारी गर्दै इनिंग्स उकासेका थिए। तर अर्को किनारमा लगातार विकेट लिंदै नेपालले खेलमा अन्तिम सम्म दबाब बनाई राख्यो।

नेपालको बलिंगमा दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ३ ओभरमा २७ रन खर्चिए। रिजन ढकाल, करन केसी र गुल्सन झाले समान १ विकेट लिए। एक विकेट नेपालले रन आउट मार्फत पायो।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट क्षेतीमा १६४ रन बनायो।

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए जुन क्रममा उनले ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। दिपेन्द्र सिंह ऐरीले १७ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाए। ओपनरद्वय अनिल साह र आसिफ शेखले समान २७ रन बनाए। अनिलले १८ बलमा २ चौका र १ छक्का तथा आसिफले २७ बलमा ४ चौका प्रहार गरे। गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १३ रन बनाए।

ओपनर अनिल र आसिफले नेपाललाई राम्रो सुरुवात दिलाउने क्रममा ४८ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा अनिललाई अलि खानले एलबिडब्लु पारे। त्यसपछि आसिफ र कुशलले दोश्रो विकेटको लागि २१ रन जोडे। दशौँ ओभरमा आसिफ र एघारौं ओभरमा कुशलले विकेट गुमाउन पुगे। गुल्सन झा पनि लामो समय क्रिजमा जम्न सकेनन्। पाँचौ विकेटको लागि रोहित र दिपेन्द्रले ६६ रनको साझेदारी गर्दै नेपालको इनिंग्स उकासे। उन्नाईसौं ओभरमा दिपेन्द्रको विकेट पछि नेपालले बाँकि ७ बलमा ४ विकेट गुमायो।

अमेरिकाको बलिंगमा सौरभ नेत्रभाल्कर, जस्दिप सिंह र हर्मित सिंहले समान २ विकेट लिए। अलि खान र नोस्थुस केन्जीगेले १/१ विकेट लिए।

सिरिज अन्तर्गत आगामी खेल अक्टोबर २० र २१ तारिखमा खेलिनेछ। दुवै खेल नेपाली समय विहान ५:४५ बजे सुरु हुनेछ।





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]