आज सिंगापुर प्रस्थान गर्दै नेपाली टिम, यस्तो छ खेल तालिका

जिम्बाबे र सिंगापुरसंग त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टिम आज सिंगापुर प्रस्थान गर्ने भएको छ। टिमको बेलुका ५ बजे बिदाइ कार्यक्रम रहेको छ।

नेपालले सेप्टेम्बर २७ देखि अक्टोबर ३ सम्म सिंगापुरमा त्रिकोणात्मक सिरिज खेलेपछि त्यतैबाट ओमानमा ५ देश सम्मिलित टि-२० सिरिज खेल्नेछ। ओमानमा नेपालले अक्टोबर ६ देखि १० सम्म सिरिज खेल्नेछ।

दुइ सिरिजको लागि नेपालले १५ सदस्यीय टोलिको गत हफ्ता घोषणा गरिसकेको छ जसमा इशान पाण्डे र कुशल मल्ल जस्ता नयाँ अनुहारले मौका पाएका छन्। शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी जस्ता खेलाडीहरुको स्थानमा टिममा युवा अनुहारहरुले मौका पाएका छन्। ज्ञानेन्द्रले व्यक्तिगत कारणले टिमबाट नाम फिर्ता लिएका थिए।

Ishan Pandey , Kushal Malla

करेबियन प्रिमियर लिग छोडेर सन्दिप लामिछाने पनि आजै सिंगापुर प्रस्थान गर्नेछन्। सिंगापुर र ओमान टुर हुँदा उनले यो सिजन ६ खेल मात्रै खेल्न पाए।

सिंगापुर र ओमान टुरलाई नेपाली टिमले डिसेम्बरमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदको तयारीको रुपमा लिएको छ। उक्त प्रतियोगितामा २३ वर्ष मुनिको टिम खेल्ने हुँदा युवा खेलाडीहरुको परिक्षणको लागि पनि टुरलाई हेरिएको छ। जुलाईमा सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौटबाट अघिल्लो चरण पुग्न असफल रहेको नेपाली टिमलाई उक्त असफलता भुलाउने समेत चुनौती रहेको छ।

सिंगापुर र ओमान सिरिजमा मुख्य प्रशिक्षक उमेश पटवाललाई सघाउन अर्का भारतीय प्रशिक्षक भुरिती भेंकटराम पनि टुरमा रहनेछन्। उनले बलिंग बिभाग सम्हाल्नेछन्। भेंकटरामलाई आईसीसीले पठाएको हो।

सिंगापुर र ओमान सिरिजको लागि नेपाली टिम :- १. पारस खड्का ( कप्तान ) , २. दिपेन्द्र एरि ( उपकप्तान ) , ३. सोमपाल कामि, ४. करन केसी , ५. बिनोद भण्डारी, ६. ललित राजबंशी, ७. पवन सर्राफ, ८. सन्दिप जोरा, ९. सन्दिप लामिछाने, १०. अविनाश बोहरा, ११. कुशल मल्ल , १२. रोहित पौडेल , १३. आरिफ शेख, १४. सुशन भारि , १५. इशान पाण्डे

सिंगापुर सिरिजमा नेपालको खेल तालिका :- असोज १० : नेपाल Vs जिम्बावे , असोज ११ : नेपाल Vs सिंगापुर , असोज १४ : गते नेपाल Vs जिम्बावे , असोज १५ : गते नेपाल Vs सिंगापुर

ओमान सिरिजमा नेपालको खेल तालिका :- असोज १९ : नेपाल Vs हङकङ , असोज २० : नेपाल Vs नेदरल्यान्ड्स , असोज २२ : नेपाल Vs आयरल्यान्ड , असोज २३ : नेपाल Vs ओमान





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]