नेपाल र युएईले बिश्वकप छनौट खेल्ने, यी रास्ट्रसंग गर्नुपर्नेछ प्रतिस्पर्धा

nepal world cup
  • विकेटनेपाल, फाल्गुन २ – बुधबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ को अंकतालिकामा उत्कृस्ट २ हुँदै नेपाल र युएई मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न छनौट भएका छन्।

डिभिजन-२ को लिग चरणको अन्तिम दिन नेपाल अंकतालिकामा उत्कृस्ट-२ हुन क्यानडालाई पराजित गर्नेपर्ने परिस्थिति थियो। अर्कोतर्फ नामिबिया र युएईको खेलमा बिजयी हुने टिम पनि छनौट हुने सम्भावना प्रबल थियो। नेपालले क्यानडालाई १ विकेटले पराजित गर्दा युएईले पनि नामिबियालाई १९ रनले पराजित गर्यो। अंकतालिकामा नेपालको ५ खेलमा ४ जित र १ हार सहित ८ अंक सहित शिर्षस्थानमा रहेको छ।

अंकतालिका 

दोश्रो स्थानमा रहेको युएई, तेश्रो स्थानमा रहेको क्यानडा तथा चौथो स्थानमा नामिबियाको समान ३/३ जित र २/२ हार सहित ६ अंक भए पनि नेट रनरेटको आधारमा युएई दोश्रो भएको हो। युएईको नेटरनरेट १.०३४ , क्यानडाको ०.८६८ तथा नामिबियाको ०.५६६ रहेको छ।

तेश्रो र चौथो स्थानमा रहेका क्यानडा र नामिबिया डिभिजन-२ मै यथावत रहे भने ओमान र केन्या पाँचौ र छैठौं स्थानमा रहँदै डिभिजन-३ मा रेलीगेट भए। ओमानले ५ खेलमा २ जित र ३ हार बेहोर्यो भने केन्याले ५ वटै खेलमा हार बेहोर्यो।

मार्च ६ देखि २५ सम्म जिम्बाबेमा २०१९ को आईसीसी एकदिवसीय बिश्वकपको लागि छनौट प्रतियोगिता आयोजना हुनेछ जसमा नेपाल र युएई सहित १० टोलि सहभागी हुनेछन्। प्रतियोगिताको उत्कृस्ट २ हुने टिम इंग्ल्याण्डमा २०१९ मा आयोजना हुने एकदिवसीय बिश्वकप खेल्न छनौट हुनेछ। डिभिजन-२ को बिजेता घोषणा गर्न बिहिबार नेपाल र युएई बीच फाइनल खेल खेलिनेछ।

आईसीसी बिश्वकप छनौटमा सहभागी हुने रास्ट्रहरु 

वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, नेपाल र युएई

बिश्वकप छनौटमा सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरीएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (  समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

समुह ‘ए’  वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र डिभिजन-२ बिजेता
समुह ‘बि’ अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र डिभिजन-२ उपविजेता

नेपाल र युएई बीच बिहिबार खेलिने फाइनल खेलले नेपाल समुह ‘ए’ वा ‘बि’ मा रहने तय हुनेछ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]