अन्जलीले विश्व रेकर्ड कायम गर्दा नेपालद्वारा माल्दिभ्स १० विकेटले पराजित

१३ औं दक्षिण एसियाली खेलकुद महिला क्रिकेट अन्तर्गत नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले सहजै पराजित गरेको छ।

पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गरेको माल्दिभ्स १६ रनमै अल आउट भएपछि १७ रनको लक्ष्य नेपालले ५ बलमै पुरा गर्यो। काजल श्रेष्ठले अविजित १३ रन बनाईन्। उनले ५ बलमा ३ चौका प्रहार गरिन्।

अन्जलीको ह्याट्रिक सहित ६ विकेट , नयाँ वर्ल्ड रेकर्ड 

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा माल्दिभ्सले १०.१ ओभरमा १६ रनमा सबै विकेट गुमाएको थियो।

माल्दिभ्सलाई सस्तोमा समेट्न नेपाली अफ स्पिनर अन्जली चन्द एक्लैले ६ विकेट हात पारिन्। यस क्रममा अन्जलीले नवौं ओभरको पाँचौ र छैठौ बलमा तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिंदै ह्याट्रिक समेत पुरा गरिन्। उनले २.१ ओभरमा २ मेडन ओभर गर्दै कुनै पनि रन खर्चिनन्।

अन्जलीलाई ६ विकेट लिएको बल प्रदान गर्दै म्याच रेफ्री सत्यजित सरकार

उनि नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने पहिलो बलर बनेकी छिन्। यस्तै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अन्जलीले नयाँ विश्व रेकर्ड समेत कायम गरेकी छिन्।

अन्जलीको २.१-२-०-६ को बलिंग स्पेल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। यस भन्दा अघि मलेसियाका बलर मास एलिसाले यसै वर्ष जनवरीमा छिन् बिरुद्ध ६ विकेट लिंद ४ ओभरमा १ मेडन गर्दै ३ रन खर्चेकी थिईन् जुन रेकर्ड अन्जलीले तोडेकी हुन्।

टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एकै इनिंगमा ६ विकेट लिने अन्जली मात्र छैठौं बलर हुन्। पुरुष टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि हालसम्म ४ जना बलरले मात्रै एकै इनिंगमा ६ विकेट लिएका छन्।

माल्दिभ्सको ९ जना ब्याट्सउमनहरु खाता नखोली आउट भए। ओपनर हम्जा नियाजले सर्वाधिक ९ रन बनाईन् जुन क्रममा उनले २ चौका प्रहार गरिन्। यस्तै हफ्सा अब्धुल्लाले ४ रन बनाइन्।

प्लेयर अफ द म्याच अवार्ड लिंदै अन्जली चन्द
नेपाली महिला क्रिकेट टिम

अन्जलीलाई वधाई दिंदै साथि खेलाडीहरु

साग महिला क्रिकेट अन्तर्गत नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी छन्।

नेपालले अब दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ। माल्दिभ्ससंगको खेल ११ बजे, बंगलादेससंग ९ बजे तथा श्रीलंकासंगको खेल ११ बजे सुरु हुनेछ। कास्य पदक र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

सबै टिमले एकअर्कासंग खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिम स्वर्ण पदकको लागि डिसेम्बर ८ ( मङ्सिर २२ ) मा खेल्नेछ। यस्तै तेश्रो र चौथो हुने टिम बीच कास्य पदकको लागि डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल हुनेछ।

सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]