नेपालको विश्वकप ग्लोबल छनोट खेल्ने सम्भावना समाप्त, युएई छनोट

‘गर या मर’ को खेलमा युएईसंग ४८ रनले पराजित हुँदै नेपाली महिला क्रिकेट टिमको आगामी वर्ष टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट खेल्ने सपना समाप्त भएको छ। प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र २ हार बेहोर्यो।

प्रतियोगितामा ५ वटै खेल जित्दै युएई आगामी वर्ष आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनोट खेल्न छनोट भएको छ। नेपाली महिला टिम टि-ट्वान्टी क्रिकेटमा पहिलो पटक युएईसंग पराजित भएको हो।

युएईको आईसीसी क्रिकेट एकेडेमीमा सम्पन्न खेलमा युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ७९ रनमा सम्पूर्ण विकेट गुमायो। १२८ रनको लक्ष्य १८.४ ओभरमा भेटाएको खण्डमा नेपालले नेट रन रेटमा युएईलाई पछि पार्दै अंकतालिकाको शिर्ष स्थानमा पुग्ने थियो।

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि इन्दु बर्माले सर्वाधिक १५ तथा सिता राना मगर १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। सरिता मगर र काजल श्रेष्ठले समान ८ रन, कविता कुँवर र अप्सरी बेगमले समान ४ तथा कप्तान रुबिना क्षेत्रीले २ रन योगदान दिए।

एक समय ४० रनमा मात्र २ विकेट गुमाएको नेपालले आठौँ ओभरमा रुबिनाको विकेट पछि लगातार विकेट गुमाउन पुग्यो। लगत्तै ओभरमा एक किनार सम्हेलीरहेकी इन्दु आउट भईन् जसपछि नेपाल खेलमा फर्केंन।

युएईको बलिंगमा समिरा धर्नीधर्काले ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा मात्र ५ रन खर्चिन्। खुसि शर्मा ( ३-०-२०-२ ) र चमानी सेनाभिरत्नाले ( ३.४-०-६-२ ) समान २ विकेट हात पारिन्। छाय मुगलको नाममा १ विकेट रह्यो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको थियो जसपछि भुटान, मलेसिया र कुवेतलाई पराजित गरेको थियो।

यस अघि टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट क्षेतीमा १२७ रन बनाएको थियो।

युएईको लागि चमानी सेनाभिरात्नले सर्वाधिक ५२ रन योगदान दिईन् जुन क्रममा मात्र ३६ बलमा ७ चौका प्रहार गरिन्। यस्तै ओपनर थिर्था सतिशले ४६ बलमा ३ चौका मद्दतले ४७ रन बनाईन्। कभिशा इगोडागेले २२ रन योगदान दिईन्।

ओपनर इशा ओजा पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि सतिशले कभिशा इगोडागेसंग ५८ रनको साझेदारी गरिन्। एघारौं ओभरमा इगोडागेको विकेटपछि तेश्रो विकेटको लागि सतिशले चमानी सेनाभिरात्नसंग ४९ रनको साझेदारी गरिन्। सतीश अठारौ ओभरमा सिता राना मगर बाट बोल्ड भईन्।

नेपालको बलिंगमा कविता कुँवरले २ विकेट ( ४-०-२१-२ ) लिए भने सिता राना मगर ( ४-०-२४-१ ) , सबनम राई ( ४-०-३०-१ ) , संगीता राईले ( ३-०-२३-१ ) समान एक विकेट लिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]