युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

२०८१ बैशाख ७, शुक्रबार १४:५२

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो संगै नेपाल एसिया कप २०२५ छनोट हुन असफल भएको छ। प्रतियोगिताको उपाधि जित्ने टोलि एसिया कप छनोट हुनेछ।

ओमानको मस्कटमा भएको खेलमा युएईले नेपाललाई विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य युएईले १७ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

युएईको जितमा अलिसान सरफुले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । बिष्नु सुकुमारनले २८ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । आसिफ खानले ६ बलमा १ छक्काको सहयोगमा १० रन बनाए ।

नेपालका लागि गुलसन झाले दुई तथा ललितनाराण राजवंशी र सोमपाल कामीले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले पनि माथिल्लो क्रमका ब्याटरहरु नचल्दा हार टार्न सकेनन् । गुलसन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए । करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

ईनिङको पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएर नेपाल संकटमा परेको थियो । अर्का ओपनर आसिफ शेख पनि व्यक्तिगत ८ रन बनाउँदै ओमिद रहमानको बलमा एलबीडब्लु आउट भए । कप्तान रोहितकुमार पौडेलले पनि १८ बलमा ५ रन मात्र बनाउन सके ।

कुशल मल्ल ३, दिपेन्द्रसिंह ऐरी ५ तथा सोमपाल कामी २ रनमा आउट भए ।

युएईका लागि बसिल हमिद र जुनैद सिद्धिकीले समान दुई दुई तथा आयान खान, ओमिद रहमान, अलि नासिर, मुहम्मद फरिकले समान एक एक विकेट लिए ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाल शनिबार तेस्रो स्थानका लागि अर्को सेमिफाइनलको पराजित टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आजै हङकङ र ओमानबीच खेल हुदैछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy