सकियो नेपालको एसिया कप सम्भावना

Basant Regmi , Aarif Sheikh
  • विकेटनेपाल, भदौ १९ 

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत पाँचौ तथा अन्तिम खेलमा नेपालले खराब प्रदर्शन गरेको छ।

हंगकंगसंग टस जितेर पहिले ब्याटिंग गर्दैनेपालले ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो जसपछि ब्याटिंग सुरु गरेको हंगकंगले लन्च सम्म ८ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ। नेपालको २ वटै विकेट सन्दिप लामिछानेले लिएका हुन्।

९५ रन बनाएसंगै नेपालले ठुलो योगफलले हंगकंगलाई पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ। अर्कोतर्फ बायुमस ओभलमा जारि युएई र ओमान बीचको खेलमा युएईले ओमानलाई २०९ रनको लक्ष दिएको छ।

प्रतियोगिताको अंक तालिकामा ओमानको ४ खेलमा ३ जित र १ बराबरी रहेको छ भने युएईले समान खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। ओमानले युएईलाई र हंगकंगले नेपाललाई पराजित गरे नेट रन रेटको आधरमा युएई र हंगकंग मध्ये १ टिम फाइनल प्रवेश गर्नेछ। त्यसैले हंगकंग पनि यो खेल सक्दो चाडै जित्दै नेट रन रेटमा युएईलाई पछि पार्ने दाउमा छ।

नेपालको कमजोर ब्याटिंग 

हंगकंगसंग टस जितेको नेपालले ब्याटिंग गर्दै ठुलो लक्ष्य प्रस्तुत गर्दै फाइनल पुग्ने झिनो सम्भावना बनाउन चाहन्थ्यो तर सोचे अनुरुप नेपालको ब्याटिंग चलेन र सुरुवात देखि नेपालले विकेट गुमाउन थाल्यो।

इनिंगको दोश्रो बलमै सुबास खकुरेल खाता नखोल्दै आउट भए पछि कप्तान पारस खड्का ( १४ ) , अनिल साह ( १५ ) , ज्ञानेन्द्र मल्ल ( १२ ) , दिपेन्द्र ऐरि ( २ ) , सागर पुन ( ७ ) लगातार आउट भए। आरिफ शेखले १८ र बसन्त रेग्मीले अविजित १५ रन बनाएपनि स्कोर १०० पनि पार गर्न सकेन। हंगकंगले दिएको १० रन अतिरिक्तको मदतले नेपालले ३७.५ ओभरमा ९५ रनमा सबै विकेट गुमाउन पुग्यो।

हंगकंग बलर एहसान खानले ४ विकेट हात पार्न ७.५ ओभरमा १ मेडन ओभर बलिङ्ग गर्दै १५ रन मात्र खर्चिए। यस्तै तन्बिर अफजल र ऐजाज खानले समान २/२ विकेट हात पारे।

वर्षाको कारण आधा घण्टा ढिला सुरु भएको खेलमा नेपालले अघिल्लो खेलकै अन्तिम ११ जना खेलाडीलाई मौका दिएको छ। प्रतियोगितामा नेपालले युएई र ओमानसंग हार बेहोरेको थियो भने आयोजक मलेसिया र सिंगापुरसंग जित हात पार्दै ४ खेलमा ४ अंक बटुलेको छ।

यसै महिना युएईमा हुने एसिया कप खेल्न छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्दै प्रतियोगितानै जित्नुपर्नेछ जुन सम्भावना अब नेपालले गुमाएको छ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]