सकियो नेपालको एसिया कप सम्भावना

२०७५ भाद्र १९, मंगलवार ११:४८

Basant Regmi , Aarif Sheikh
  • विकेटनेपाल, भदौ १९ 

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत पाँचौ तथा अन्तिम खेलमा नेपालले खराब प्रदर्शन गरेको छ।

हंगकंगसंग टस जितेर पहिले ब्याटिंग गर्दैनेपालले ९५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो जसपछि ब्याटिंग सुरु गरेको हंगकंगले लन्च सम्म ८ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ। नेपालको २ वटै विकेट सन्दिप लामिछानेले लिएका हुन्।

९५ रन बनाएसंगै नेपालले ठुलो योगफलले हंगकंगलाई पराजित गर्दै प्रतियोगिताको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ। अर्कोतर्फ बायुमस ओभलमा जारि युएई र ओमान बीचको खेलमा युएईले ओमानलाई २०९ रनको लक्ष दिएको छ।

प्रतियोगिताको अंक तालिकामा ओमानको ४ खेलमा ३ जित र १ बराबरी रहेको छ भने युएईले समान खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। ओमानले युएईलाई र हंगकंगले नेपाललाई पराजित गरे नेट रन रेटको आधरमा युएई र हंगकंग मध्ये १ टिम फाइनल प्रवेश गर्नेछ। त्यसैले हंगकंग पनि यो खेल सक्दो चाडै जित्दै नेट रन रेटमा युएईलाई पछि पार्ने दाउमा छ।

नेपालको कमजोर ब्याटिंग 

हंगकंगसंग टस जितेको नेपालले ब्याटिंग गर्दै ठुलो लक्ष्य प्रस्तुत गर्दै फाइनल पुग्ने झिनो सम्भावना बनाउन चाहन्थ्यो तर सोचे अनुरुप नेपालको ब्याटिंग चलेन र सुरुवात देखि नेपालले विकेट गुमाउन थाल्यो।

इनिंगको दोश्रो बलमै सुबास खकुरेल खाता नखोल्दै आउट भए पछि कप्तान पारस खड्का ( १४ ) , अनिल साह ( १५ ) , ज्ञानेन्द्र मल्ल ( १२ ) , दिपेन्द्र ऐरि ( २ ) , सागर पुन ( ७ ) लगातार आउट भए। आरिफ शेखले १८ र बसन्त रेग्मीले अविजित १५ रन बनाएपनि स्कोर १०० पनि पार गर्न सकेन। हंगकंगले दिएको १० रन अतिरिक्तको मदतले नेपालले ३७.५ ओभरमा ९५ रनमा सबै विकेट गुमाउन पुग्यो।

हंगकंग बलर एहसान खानले ४ विकेट हात पार्न ७.५ ओभरमा १ मेडन ओभर बलिङ्ग गर्दै १५ रन मात्र खर्चिए। यस्तै तन्बिर अफजल र ऐजाज खानले समान २/२ विकेट हात पारे।

वर्षाको कारण आधा घण्टा ढिला सुरु भएको खेलमा नेपालले अघिल्लो खेलकै अन्तिम ११ जना खेलाडीलाई मौका दिएको छ। प्रतियोगितामा नेपालले युएई र ओमानसंग हार बेहोरेको थियो भने आयोजक मलेसिया र सिंगापुरसंग जित हात पार्दै ४ खेलमा ४ अंक बटुलेको छ।

यसै महिना युएईमा हुने एसिया कप खेल्न छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्दै प्रतियोगितानै जित्नुपर्नेछ जुन सम्भावना अब नेपालले गुमाएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy