अफगानिस्तानसंग नेपाल टस जितेर ब्याटिंग गर्दै

  • विकेटनेपाल, १५ असोज 

बंगलादेशमा जारि युथ एसिया कप अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा अफगानिस्तान यु-१९ को सामना गरिरहेको छ।

खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ।

पहिलो खेलमा भारत यु-१९ संग १७१ रनले पराजित भएको नेपाललाई प्रतियोगिताको सेमीफाइनल पुग्न अफगानिस्तानलाई पराजित गर्नुपर्ने अवस्था रहेको छ। अफगानिस्तानले पहिलो खेलमा युएईलाई ५ विकेटले पराजित गरिसकेको छ र नेपालसंग दोश्रो खेल जित्दै सेमीफाइनल स्थान पक्का गर्ने दाउमा हुनेछ।

नेपालको अन्तिम ११ – आसिफ शेख (कप्तान), रोहित पौडेल, भिम शार्की, रित  गौतम , पवन सर्राफ, सागर ढकाल, कमल सिंह ऐरि, राशिद खान, सुर्य तामांग, रभि साह, सन्दिप जोरा

नेपालले प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेल युएईसंग भोलि मंगलबार खेल्दैछ।

यस अघिको खेलमा नेपाल भारतसंग १७१ रनले पराजित भएको थियो।

टस जितेर नेपालले बलिङ्ग रोज्यो जसपछि भारतले ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रनको योगफल तयार गरेको थियो। भारतीय ओपनिङ्ग ब्याट्सम्यान यशस्भि जैसवालले सर्वाधिक १०४ रन तथा प्रभसिमरन सिंहले ८२ रन बनाए। कुनै बेला अझ बिशाल योगफलतर्फ लम्केको भारतलाई रोक्न नेपालको लागि अफस्पिनर भिम शार्कीले ४ विकेट लिए भने राशिद खानले २ विकेट लिए।

३०५ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १३३ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ३६.४ ओभरमा सबै विकेट गुमाउदा माथिल्लो क्रमका ब्याट्सम्यानहरुले सुरुवात राम्रो पाए पनि ठुलो स्कोरमा बदल्न सकेनन्। रबिन्द्र शाही १६ , रभी शाह ११, आसिफ शेख २५, सन्दिप जोरा २० , रोहित पौडेल २४, भिम शार्की ६ तथा पवन सर्राफ ७ रन बनाएर आउट हुन पुगेका थिए। भारतीय बलर सिद्धार्थ देसाई र हर्ष त्यागिले समान ३/३ विकेट हात पारेका थिए ।

 





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]