भारत यु-१९ बिरुद्ध टस जितेर नेपाल फिल्डिंग गर्दै, यस्तो छ अन्तिम ११

Nepal U19 Cricket Team
  • विकेटनेपाल – १३ असोज, शनिवार

बंगलादेशमा शनिवारबाट १९ बर्ष मुनिको एसिया कप क्रिकेट सुरु भएको छ। प्रतियोगिताको सुरुवाती खेलमा नेपाल यु-१९ टोलीले भारत यु-१९ को सामना गर्दैछ।

बंगलादेशको कृरा शिक्खा प्रोतिस्थान नम्बर ३ क्रिकेट मैदानमा नेपालले टस जित्दै पहिले फिल्डिंग गर्ने निर्णय लिएको छ। ५० ओभर फर्म्याटको यु-१९ एसिया कपको अन्तिम भेटमा नेपालले भारतलाई हराउन समेत सफल भएको थियो।

नेपाल अन्तिम ११ : आसिफ शेख (कप्तान), रोहित पौडेल, भिम शार्की, रभिन्द्रजंग शाही, पवन सर्राफ, सागर ढकाल, कमल सिंह ऐरि, राशिद खान, सुर्य तामांग, रभि साह, सन्दिप जोरा

Nepal U19 Cricket Team

भारत अन्तिम ११ : देभदत्त पडिक्कल , पभन शाह, यशस्भी जैसवाल, यश राथोड, आयुष बदोनि,  प्रभ सिम्रन सिंह, सिद्धार्थ देसाई, हर्ष त्यागी, अजय गंगापुरम, मोहित जन्ग्रा, राजेश मोहन्ति

प्रतियोगितामा सहभागी ८ टिमलाई २ वटा समुहमा बिभिजन गरिएको छ। समुह चरणमा एक-अर्का संग सबैले सबैसंग १/१ खेल्नेछन्। समुह चरणमा सबै टिमले ३/३ वटा खेल खेलेपछि अंकतालिकामा दुवै समुहबाट उत्कृस्ट-२ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपाली टिम :
आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद खान,भिम शार्की,तृत राज दास, सन्दिप जोरा, सागर ढकाल,अरुन ऐरि, सुर्य तामांग , मुख्य प्रशिक्षक – बिनोद दास , सहायक प्रशिक्षक – मनोज कटुवाल , टिम ब्यबस्थापक – शक्ति गौचन, फिजियो – बिक्रम न्यौपाने





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]