- विकेटनेपाल – १३ भदौ, बुधवार
एसिया कप छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ। खेल लिस्ट ए मान्यताको रहने छ।
मलेसियाको बायुमास ओभलमा टस हारेपछि नेपालले ब्याटिंगको निम्तो पाएको छ। पहिले ब्याटिंग गर्न उत्रिने नेपाली टोलीमा बिनोद भण्डारी, अनिल कुमार साह, ललित भण्डारी र ललित राजबंशीले स्थान बनाउन सकेका छैनन्। पारस खड्काको कप्तानीमा रहेको अन्तिम ११ मा सागर पुनको भने पुनरागमनभएको छ। अन्तीम पटक उनले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्शिप अन्तर्गत युएई बिरुद्धको खेल खेलेका थिए।
अन्तिम ११ (नेपाल) : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने

अन्तिम ११ (ओमान) : जिसान मक्सुद, जतिन्दर सिंह, आकिब इल्यास सुलेहरी, वैभव वाटेगओंकर, खवर अलि, मुहम्मद नदीम, मुहम्मद नसिम, बिलाल खान, कलिमुल्लाह, अजय लाल्चेता, सुरज कुमार

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भागलिंदै छन्। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ।
यस्तो छ नेपालको खेल तालिका :
एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेल्नेछ। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।
सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।
नेपालको खेल तालिका :-
२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )