टस जितेर नेपाल ब्याटिंग गर्दै, शरद भेसावकर नखेल्ने, दिलिपको सट्टा अनिल

आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ

पहिलो २ वटा खेलमा जिम्बाबे र स्कटल्याण्डसंग पराजित भएको नेपालले अफगानिस्तानसंगको खेल जित्दै सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहनेछ भने अफगानिस्तान पनि त्यही आशाको साथ मैदानमा हुनेछ।

Sharad Vesawkar

महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाउने ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

नेपालको अन्तिम ११ 

Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi

अफगानिस्तान अन्तिम ११ 

Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain )
Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi

प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्। छनौट प्रतियोगिता सुरुहुनु अघि प्रमुख दाबेदारको रुपमा हेरिएको नव टेस्ट रास्ट्र अफगानिस्तानले स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसँग पराजय व्यहोर्यो भने नेपाल पनि जिम्बाबे र स्कटल्याण्डसँग पराजित भईसकेको छ।

सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा हुनेछ भने अफगानिस्तान चौथो खेलमा पहिलो जित दर्ता गर्दै साख मात्रै हैन सुपर सिक्स पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]