नेपाल पहिले ब्याटिंग गर्दै, पढ्नुस को-को छन् प्लायिंग ११ मा

  • विकेटनेपाल, भदौ ८ 

अगस्ट २९ तारिक देखि मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि श्रीलंकाको कोलम्बोमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो अभ्यास खेलमा आज ब्लुमफिल्ड क्लबको सामना गर्दैछ।

ब्लुमफिल्ड मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। पहिलो अभ्यास खेलमा नखेलेका कप्तान पारस खड्का, करन केसी र सागर पुन आज खेल्नेछन् भने ज्ञानेन्द्र  मल्ल,सोमपाल कामि र बिनोद भण्डारी खेल्नेछैनन्। लाइभ अपडेट लिंक 

अन्तिम ११ – पारस खड्का ( कप्तान ), अनिल साह, बसन्त रेग्मी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल

नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ८९ रनको शानदार इनिंग खेलेका थिए भने बलिङ्गतर्फ सोमपाल कामि र बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए।

Aarif Sheikh
Aarif Sheikh

नेपालले तेश्रो अभ्यास खेल अगस्ट २६ तारिकमा कोल्ट्स क्लबसंग खेल्ने तालिका रहेको छ जसपछि टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ। एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy