नेपाल टस जितेर ब्याटिंग गर्दै, अन्तिम-११ बाट बसन्त बाहिर

युएईसंग ३ एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत नेपालले दोश्रो एकदिवसीयमा टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। खेल सुरु हुने समय नेपाली समय ११:१५ बजे हो।

हिजोको पहिलो एकदिवसीयमा नेपालले टस हारेर पहिले ब्याटिंग गरेको थियो। हिजो खेलाईएकै पिचमा आज पनि नेपालले खेल्दैछ। घाँसे पिच हुँदा हिजो दुवै टिमका ब्याट्सम्यानहरुले संघर्ष गरेका थिए।

हिजो अन्तिम-११ मा रहेका बसन्त रेग्मीलाई दोश्रो एकदिवसीयमा टिम बाहिर राखिएको छ। उनि पहिलो एकदिवसीयमा पूर्ण फिट नभई खेलेका थिए। खेलमा उनले मात्र १ ओभर बलिङ्ग गर्ने मौका पाएका थिए।

Basant Regmi
बसन्त रेग्मी अन्तिम-११ बाट बाहिर

बसन्त रेग्मीको सट्टा नेपाली टिममा एकजना अतिरिक्त ब्याट्सम्यान रोहित पौडेल खेलाईएको छ। रोहित अन्तिम पटक एसिया कप छनौटमा नेपालको लागि खेलेका थिए। खराब फर्मका कारण उनलाई त्यसपछि टि-२० बिश्वकप छनौट एसिया प्रतियोगितामा टिममा राखिएको थिएन। पछिल्लो ५ वटा खेलमा रोहितले नेपालको लागि मात्र १८ रन बनाएका छन्।

नेदरल्याण्डसंग गत वर्ष एकदिवसीय सिरिजमा रोहितले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्ने रोहित चौथो कान्छा खेलाडी बनेका थिए। 

एकदिवसीय बिश्व कप छनौटमा रोहितले हंगकंगसंग अविजित ४८ रनको इनिंग खेलेका थिए भने गत वर्ष डिभिजन-२ मा केन्यासंग ४७ रनको इनिंग खेलेका थिए।

Rohit Paudel
Rohit Paudel

अफस्पिन अल-राउण्डर पवन सर्राफले भने पुनः अन्तिम-११ मा मौका पाएका छन्। पहिलो खेलमा ब्याटिंगमा नचलेका पवनले बलिङ्ग गर्ने मौकानै पाएका थिएनन्। खेलको अपडेट 

नेपालको अन्तिम ११ – बिनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र ऐरि, रोहित पौडेल, आरीफ शेख, सन्दिप लामिछाने, सोमपाल कामि, करन केसी, ललित राजबंशी, पवन सर्राफ,

 





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]