ऐतिहासिक रुपमा सेमिफाइनल पुग्न नेपालले दियो १०९ रनको लक्ष्य

२०८१ श्रावण ६, आईतवार २०:४४

काठमाडौं । एसिया कपको ईतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य दिएको छ ।

श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३१ रन बनाईन् ।

जोशीले एसिया कपको ईतिहासमा नेपालको लागि पहिलो छक्का समेत प्रहार गरिन् ।

ओपनर सिता राना मगरले ३० बलमा २६ तथा पुजा महतोले ३२ बलमा २५ रन बनाईन् । कविता कुवँरले १३ बलमा १३ रन बनाईन् ।

पाकिस्तानका लागि सदिय इकवालले दुई तथा फतिमा सानाले एक विकेट लिईन् ।

यस खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल ऐतिहासिक रुपमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । समूह ए बाट लगातार दुई जितका साथ भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy