काठमाडौं । एसिया कपको ईतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य दिएको छ ।
श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।
नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३१ रन बनाईन् ।
जोशीले एसिया कपको ईतिहासमा नेपालको लागि पहिलो छक्का समेत प्रहार गरिन् ।
ओपनर सिता राना मगरले ३० बलमा २६ तथा पुजा महतोले ३२ बलमा २५ रन बनाईन् । कविता कुवँरले १३ बलमा १३ रन बनाईन् ।
पाकिस्तानका लागि सदिय इकवालले दुई तथा फतिमा सानाले एक विकेट लिईन् ।
यस खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल ऐतिहासिक रुपमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन चाहन्छ । समूह ए बाट लगातार दुई जितका साथ भारतले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।