हंगकंग बिरुद्ध टस जितेर नेपाल ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

  • विकेटनेपाल – १९ भदौ, मंगलवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले हंगकंगको सामना गर्दैछ। युकेएम मैदानमा बर्षाका करण खेल केहि ढिला गरी सुरु भएको हो।

हंगकंग बिरुद्ध नेपालले टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। हंगकंग बिरुद्ध ठूलो अन्तरले जित निकाल्नु पर्ने खेलमा नेपाल पहिले ब्याटिंग गर्न उत्रिएको हो। सिंगापुर बिरुद्धको अन्तिम खेलमा रहेका ११ जना खेलाडीनै हंगकंग बिरुद्ध समेत खेल्ने छन्। बिनोद भण्डारी, ललित भण्डारी, रोहित पौडेल र करन केसीले अन्तिम ११ मा स्थान बनाउन सकेका छैनन्।

नेपाल अन्तिम ११ : पारस खड्का, सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल साह, दिपेन्द्र ऐरी, आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, ललित राजबंशी, सागर पुन

ओमान र युएई बिरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेको नेपालले तेस्रो र चौथो खेलमा क्रमश मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो। पहिलो चरणबाट शिर्ष दुई टोलि मात्र फाइनल पुग्ने नियम रहेकाले नेपालले हंगकंग बिरुद्ध ठूलो अन्तरको जित हात पार्न महत्वपूर्ण रहेको छ। आज नै भैरहेका अन्य खेलहरुमा ओमानले युएई र मलेसियाले सिंगापुरको सामना गर्दैछन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]