हंगकंग बिरुद्ध टस जितेर नेपाल ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

  • विकेटनेपाल – १९ भदौ, मंगलवार

मलेसियामा जारि एसिया कप छनौट प्रतियोगिताको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले हंगकंगको सामना गर्दैछ। युकेएम मैदानमा बर्षाका करण खेल केहि ढिला गरी सुरु भएको हो।

हंगकंग बिरुद्ध नेपालले टस जित्दै पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ। हंगकंग बिरुद्ध ठूलो अन्तरले जित निकाल्नु पर्ने खेलमा नेपाल पहिले ब्याटिंग गर्न उत्रिएको हो। सिंगापुर बिरुद्धको अन्तिम खेलमा रहेका ११ जना खेलाडीनै हंगकंग बिरुद्ध समेत खेल्ने छन्। बिनोद भण्डारी, ललित भण्डारी, रोहित पौडेल र करन केसीले अन्तिम ११ मा स्थान बनाउन सकेका छैनन्।

नेपाल अन्तिम ११ : पारस खड्का, सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल, अनिल साह, दिपेन्द्र ऐरी, आरिफ शेख, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, ललित राजबंशी, सागर पुन

ओमान र युएई बिरुद्ध खराब प्रदर्शन गर्दै हार बेहोरेको नेपालले तेस्रो र चौथो खेलमा क्रमश मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो। पहिलो चरणबाट शिर्ष दुई टोलि मात्र फाइनल पुग्ने नियम रहेकाले नेपालले हंगकंग बिरुद्ध ठूलो अन्तरको जित हात पार्न महत्वपूर्ण रहेको छ। आज नै भैरहेका अन्य खेलहरुमा ओमानले युएई र मलेसियाले सिंगापुरको सामना गर्दैछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy