दिपेन्द्रको शतकमा नेपालको बिशाल जित : श्रीलंका अभ्यास भ्रमण

Dipendra Airee Scored Century
  • विकेटनेपाल – ८ भदौ, शुक्रवार 

श्रीलंका अभ्यास भ्रमण अन्तर्गत शुक्रवार सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले सहज जित दर्ता गरेको छ। ब्लुमफिल्ड क्रिकेट टोलिलाई नेपालले दोस्रो अभ्यास खेलमा डक् वर्थ लुईस आधारमा १७६ रनको अन्तरले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै नेपालले दिएको ३२४ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलि ब्लुमफिल्ड नेपाली कसिलो बलिंगको अगाडी ३८ओभरमात्र ब्याटिंग गर्दै ९ विकेट गुमाएर १३४ रन जोडेको थियो। ब्लुमफिल्डले १३४ रन जोडेको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपालले डीएलएस नियमका आधारमा १७६ रनले खेल आफ्नो पक्षमा पार्यो। श्रीलंकाको घरेलु टोलि ब्लुमफिल्डको चेजमा सनोजले धर्शिखाले सर्वाधिक ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त रहेन।

नेपालको बलिंगतर्फ सागर पुनले सर्वाधिक ३ विकेट हात पारे। ८ ओभरको स्पेलमा सागरले १ मेडन सहित मात्र १६ रन खर्चिएर ३ विकेट लिन सफल रहे। यस्तै ललित भण्डारीको नाममा २ विकेट रह्यो।

Sagar Pun
Sagar Pun

यसअघि ब्लुमफिल्ड मैदानमा टस जितेर ब्याटिंगमा उत्रिएको नेपाली टोलीका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै शतक बनाएपछि नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन जोड्न सकेकोथियो। यस्तै टोलीमा कम्ब्याक गरिरहेका सागर पुनले समेत ९२ रनको इनिंग खेलेकाथिए। ओपनर द्वय अनिल कुमार साह र सुबाश खकुरेललाई चाडैं गुमाएको नेपालको इनिंग सागर र दिपेन्द्रको उत्कृस्ट साझेदारीले उक्सिएको थियो।

ओपनर सुबाश खकुरेल व्यक्तिगत ९ तथा अनिल साह व्यक्तिगत १७ रन बनाएर पभेलियन फर्किंदा कप्तान पारस खड्काले समेत २३ रन मात्र जोड्न सकेका थिए। माथिल्लो क्रममा ब्याटिंग गर्ने मौका दिएका रोहित कुमार पौडेलले मौकाको फाइदा उठाउन सकेनन् र मात्र ११ रन जोड्दै आउट हुँदा नेपालको स्कोर ८४/४ रहेको थियो। त्यस पश्चातभने सागर पुन र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि १८५ रनको साझेदारी गरेका थिए।

शतकीय पारि खेल्ने क्रममा दिपेन्द्रले ९६ बलमा ९ चौका र ५ छक्का सहित १२१ रन जोडेका थिए। यस्तै सागर पुनले भने ८३ बलमा ८ चौका र ३ छक्का सहित ९२ रन बनाएका थिए। इनिंगको अन्त्यमा करन केसीले मात्र १२ बलमा ४ चौका र १ छक्का सहित २६ रन प्राहार गर्दै नेपालको स्कोरलाई ३०० रन माथी पुर्याएका थिए।

ब्लुमफिल्डको बलिंग तर्फ सनोज दर्शीकाले सर्वाधिक ३ तथा लाहिरु संजय फर्नान्डोले २ विकेट लिएका थिए।

नेपालले बुधबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १९४ रनको जवाफमा आर्मी क्लबले १२७ रन मात्रै बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ८९ रनको शानदार इनिंग खेलेका थिए भने बलिङ्गतर्फ सोमपाल कामि र बसन्त रेग्मीले ३/३ विकेट लिएका थिए।

३ अभ्यास खेल्न श्रीलंका पुगेको नेपाली टोलीले आफ्नो अन्तिम अभ्यास खेलभने अगष्ट २६ तरिका कोल्ट्स बिरुद्ध खेल्नेछ। जसपछि टिम अगस्ट २७ तारिकमा श्रीलंका प्रस्थान गर्नेछ। एसिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेल ओमानसंग २९ अगस्टमा खेल्नेछ। हाल क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]