करन केसीको चमत्कारिक ब्याटिंग, नेपाल बिश्वकप छनौट खेल्न छनौट

Sandeep Lamichhane, Karan KC
  • विकेटनेपाल, फाल्गुन २ बुधबार

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको अंकतालिकामा शिर्ष स्थानमा रहँदै नेपाल मार्चमा जिम्बाबेमा आयोजना हुने २०१९ आईसीसी एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्न छनौट भएको छ। डिभिजन-२ को लिगको अन्तिम खेलमा क्यानडासंग जित्ने पर्ने खेलमा नेपालले १ विकेटको जित निकालेको हो।

जितको लागि क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै ९ विकेट गुमाईसकेको थियो। जितको लागि ५१ रन आवस्यक भएको बेला करन केसी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याएका हुन्।

अन्तिम ओभरमा नेपाललाई जितको लागि ८ रन आवस्यक हुँदा करन केसीले सुरुको ४ बलमा रन बनाउन सकेका थिएनन्। ओभरको पाँचौ बलमा करनले कभरको माथि छक्का प्रहार गरेपछि नेपाललाई जितको लागि अन्तिम बलमा २ रन आवस्यक थियो।

त्यो अवस्थामा क्यानडा बलर सत्सिमरंजित ढिंडसाले वाइड गरेपछि अन्तिम बलमा नेपाललाई जितको लागि अन्तिम बलमा आवस्यक १ रन लिंदै करन केसीले नेपाललाई जितसम्म पुर्याएका थिए। करनले अविजित ४२ रनको इनिंग खेले जुन क्रममा मात्र ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दिप लामिछाने १८ बलमा ५ रन बनाएर अविजित रहे।

Karan KC
Karan KC

प्रतियोगिताको पहिलो खेलमा पनि नेपालले आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो जुन खेलमा बसन्त रेग्मी र सन्दिप लामिछानेले अन्तिम विकेटको लागि १८ रनको साझेदारी गरेका थिए।

२०१९ को एकदिवसीय बिश्वकप इंग्ल्याण्डमा आयोजना हुनेछ जसको लागि छनौट प्रतियोगिता जिम्बाबेमा ६ मार्च देखि २५ मार्चसम्म संचालन हुनेछ। प्रतियोगितामा कुल १० टिम सहभागी हुँदै छन् जसमा डिभिजन-२ को उत्कृस्ट-२ टिम नेपाल सहित वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग सहभागी हुँदैछन्।

१९५ रनको लक्ष्य पछ्याउने क्रममा २२ रनको स्कोरमा ज्ञानेन्द्र मल्ल ( ९ रन ) र पारस खड्का ( ० ) लाई लगातार बलमा गुमाएपछि दीपेन्द्र ऐरी र दिलिप नाथले तेश्रो विकेटको लागि ५० रनको साझेदारी गर्दै नेपालको इनिंग उकासेका थिए।

तर दिलिप नाथ ४१ रनको स्कोरमा सिसिल परभेजको शिकार हुन पुगेपछि ब्याटिंग गर्न आएका शरद भेसावकर १ रन मात्रै बनाई साद बिन जाफरको बलमा क्याच आउट भएपछि नेपालको स्कोर २३ औं ओभरमा ७३/४ पुगेको थियो। त्यसपछि दिपेन्द्र ऐरी ( १८ रन ) ले पनि २५ औं ओभरमा विकेट गुमाउन पुगेपछि नेपाल ८१/५ को नाजुक अवस्थामा पुगेको थियो।

Dilip Nath, Gyanendra Malla
Dilip Nath, Gyanendra Malla

छैठौं विकेटको लागि आरिफ शेख र रोहित पौडेलले ४६ रनको साझेदारी गर्दै नेपालको स्कोर १०० पार गराए। तर स्कोर १२७ रन पुग्दा रोहित पौडेल ३८ औं ओभरको दोश्रो बलमा २७ रनको व्यक्तिगत स्कोरमा क्याच आउट हुन पुगेपछि पुनः क्यानडा खेलमा फर्किएको थियो।

रोहितको विकेट पछि ब्याटिंग गर्न आएका सोमपाल कामि ७ रन बनाएर तथा बसन्त रेग्मी खाता नखोल्दै आउट हुँदा नेपाल हारतर्फ उन्मुख भयो। ४२ औं ओभरको पहिलो बलमा २६ रन बनाएका आरिफ पनि पेभेलियनको बाटो लाग्दा नेपाललाई जितको लागि अझै ५१ रन आवस्यक थियो।

क्यानडाको ब्याटिंग

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको क्यानडाले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १९४ रन बनाएको छ।प्रतियोगिताको टप-२ भित्र रहँदै मार्चमा जिम्बाबेमा खेलिने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न नेपाललाई क्यानडासंग जितको आवस्यकता छ।

प्रतियोगितामै १९५ रनको लक्ष्य नेपालले पाएको सबैभन्दा ठुलो लक्ष्य हो।अघिल्लो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य पछ्याएर खेल जितेको थियो।

पहिलो विकेटको लागि सृमन्था विजेरत्ने र रुभिन्दु गुनसेकेराले ४६ रनको साझेदारी गरे। बसन्त रेग्मीले गुनसेकेरा ( ९ ) लाई क्याच आउट गरेपछि क्यानडाले लगातार विकेट गुमाएको थियो। नितिश कुमार ( ९ रन ) र धानुक पाथिराना ( २ रन ) लाई सन्दिपले आउट गरेपछि नभनित ढालीवाल ( ४ रन ) लाई बसन्त रेग्मीले आउट गर्दा क्यानडाले पहिलो ४ विकेट ९० रनको स्कोरमा गुमाएको थियो। ४ विकेट गुमेपछि पाँचौ विकेटको लागि हम्जा तारिकसंग सृमन्था विजेरत्नेले ४१ रनको साझेदारी गरे जुन साझेदारी करन केसीले ३६ औं ओभरमा तोडे।

त्यसपछि निरन्तर अन्तरलमा विकेट गुमाएपनि एउटा इनिंग विजेरत्नेले सम्हालिरहे। प्रतियोगितामा आफ्नो पहिलो खेल खेलीरहेका विजेरत्नेले करियरकै पहिलो शतक पुरा गर्दै अविजित १०३ रन बनाए। त्यसक्रममा उनले १५२ बल खेल्दै ८ चौका प्रहार गरे।

नेपालको लागि बसन्त रेग्मीले सर्बाधिक ३ विकेट ( १०-०-३४-३ ) तथा सन्दिप लामिछानेले २ विकेट ( ९-१-४०-२ ) हात पारे। करन केसी र शरद भेसावकरले पनि १/१ विकेट लिए।

प्रतियोगितामा नेपालको खेल र नतिजा

पहिलो खेल – नेपालद्वारा नामिबिया १ विकेटले पराजित ( नामिबिया १३८ , नेपाल १३९/९ )
दोश्रो खेल – ओमानद्वारा नेपाल ६ विकेटले पराजित ( नेपाल १३८, ओमान १३९/४ )
तेश्रो खेल – नेपालद्वारा युएई ४ विकेटले पराजित ( युएई ११४ , नेपाल ११५/६ )
चौथो खेल – नेपालद्वारा केन्या ३ विकेटले पराजित ( केन्या १७७/८, नेपाल १७८/७ )
पाँचौ खेल – नेपालद्वारा क्यानडा १ विकेटले पराजित





थप समाचार

अर्जुन ट्रफी : दशरथ चन्द एकेडेमी र घोडाघोडी–११ विजयी

कैलाली । क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडी र घोडाघोडी–११ सुख्खड […]

थाइल्यान्डमाथि नेदरल्यान्ड्सको जित

काठमाडौं । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा थाइल्यान्डमाथि नेदरल्यान्ड्सले एक विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा बिहिवार […]

अर्जुन ट्रफीः बोष्टन झापाको जितले डडेल्धुरा र धनगढी सेमिफाईनलमा

कैलाली, माघ २३ क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले सान्त्वना जित हात […]

नेपालको लगातार पाँचौं हार

काठमाडौं। नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले […]

लोकेशको अर्धशतकमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवलले विजयी सुरुवात गरेको छ । गो ड्रिर्मसको आयोजनामा भईरहेको प्रतियोगिताको […]

नेपालको लगातार चौथो हार

काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला सिरिअन्तर्गत आफ्नो चौथो खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा […]