नेपालको लगातार तेश्रो जित : श्रीलंका अभ्यास भ्रमण

Nepali Cricket Team
  • विकेटनेपाल – १० भदौ, आइतवार

मलेसियामा आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली टोलीले आफ्नो अन्तिम अभ्यास खेलमा ५ विकेटको जित दर्ता गरेको छ। अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्स क्रिकेट क्लबलाई पराजित गर्दै श्रीलंका अभ्यास भ्रमणमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो।

कोल्ट्स क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिंग गर्दै कोल्ट्सले दिएको २१७ रनको लक्ष्य नेपालले ४२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा कप्तान पारस खड्का र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय इनिंग खेले। व्यक्तिगत ५८ रन जोड्ने क्रममा पारसले ५७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले भने ५३ बलमा ५ चौका १ २ छक्का सहित अविजित ५२ रनको योगदान गरे। यसअघि ज्ञानेन्द्र मल्ल व्यक्तिगत ४५ तथा सुबाश खकुरेल २२ रन जोड्दै पभेलियन फर्किएका थिए।

कोल्ट्सको बलिंगमा अयना सिरिवर्दानेले सर्वाधिक २ विकेट लिए। यस्तै मदुरा लक्मल, लक्षण जयसिंगे र हसन हेवानायकेले समान १-१ विकेट लिएका थिए।

टस जित्दै ब्याटिंग गरेको कोल्ट्सले नेपाललाई जितका लागि २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कोल्ट्स क्रिकेट मैदानमापहिले ब्याटिंग गर्न उत्रिएको घरेलु टोलीले इनिंग सकिन १ बल बाँकी हुँदा सबै विकेट गुमाएर २१६ रन जोड्न सकेको थियो। उसको इनिंगमा हसन् हेवानायाकेले सर्वाधिक ५९ रनको इनिंग खेलेका थिए। यस्तै अयाना सिरिवर्दनाले ३६ तथा मदुरा लक्मलले व्यक्तिगत ३१ रनको योगदान गरे।

नेपालको बलिंगतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट हात पारेका थिए। आफ्नो ९.५ ओभरको स्पेलमा सोमपालले १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट आफ्नो नाम गरेका थिए। यस्तै सागर पुन र करन केसीको नाममा समान २-२ विकेट रह्यो। ललित राजबंशीले १ विकेट प्राप्त गर्दा कोल्ट्सको २ विकेटभने नेपालले रन आउटको रुपमा हात पारेको थियो।

Sagar Pun
Sagar Pun

अन्तिम ११ – पारस खड्का ( कप्तान ), ज्ञानेन्द्र मल्ल, बिनोद भन्डारी, दिपेन्द्र ऐरी, करन केसी, सोमपाल कामी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन र सुबास खकुरेल

नेपालले यस अघि खेलेका ३ वटा नै अभ्यास खेलमा जित हात पारेको थियो। बुधबार भएको पहिलो खेलमा श्रीलंका आर्मी क्रिकेट क्लब माथि ६७ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपालले आफ्नो दोश्रो खेलमा ब्लुमफिल्ड क्लबलाई १७६ रन ( डीएलएस मेथड ) को बिशाल अन्तरले पराजित गर्न सफल भएको थियो।

एसिया कप छनौटमा नेपाली टिम :- पारस खड्का ज्ञानेन्द्र मल्ल, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, रोहित पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुबास खकुरेल

अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स एसिया कपमा समेत स्वतः छनौट हुनेछ। युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।

एसिया कपमा नेपालको खेल तालिका :- २९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) , १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) , २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) , ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) , ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

 





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]