रोहित र सोमपालको साझेदारीले नेपालको शानदार जित, एकदिवसीय रास्ट्र पाउने बाटो खुल्यो

Sompal Kami , Rohit Poudel

आईसीसी बिश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

हंगकंगले पहिले ब्याटिंग गर्दै १५३ रन बनाएपछि नेपाललाई समुहको चौथो स्थानमा रहन ४५.१ ओभरमा १५४ रन बनाउनु पर्ने आवस्यकता थियो। ४०.४ ओभरमै खेल आफ्नो पक्षमा पारेपछि समुह ‘बि’ मा नेपाल चौथो र हंगकंग पाँचौ स्थानमा रह्यो। नेपालको जितपछि अफगानिस्तान सुपर सिक्स चरणको लागि छनौट भएको छ भने नेपालले अब प्लेअफमा समुह ‘ए’ को अन्तिम स्थानमा रहेको टिम पपुवा न्यु गिनीको १५ मार्चमा सामना गर्नेछ। हंगकंगले भने समुह ‘ए’ को चौथो स्थानमा रहने टिमको सामना गर्नेछ। अब नेपाल, हंगकंग र पपुवा न्यु गिनी मध्ये प्ले अफमा उत्कृस्ट हुने टिमले एकदिवसीय मान्यता पाउनेछ।

१५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गर्यो जुन क्रममा पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्ल र अनिल साहले ४१ रन जोडे। २६ रन ( ३६ बल, ५ चौका ) बनाएर अनिललाई ऐजाज खानले १० औं ओभरमा आउट गरेपछि भने नेपालले लागातर विकेट गुमायो।

ज्ञानेन्द्र मल्ल १२ रन बनाएर ऐजाजको बलमा ऐजाजद्वारा समातिएपछि कप्तान पारस खड्का पनि ११ रन बनाएर तन्बिर अफजलको बलमा बोल्ड भए। त्यसपछि दिपेन्द्र ऐरी ( १२ ) र आरिफ शेख ( २ ) लाई पनि अफजलले पेभेलियन पठाउदा नेपाल २० औ ओभर सकिंदा ६६/५ को दयनीय स्थितिमा पुग्यो।

त्यसपछि भने नेपालको इनिंग रोहित पौडेल र सोमपाल कामिले सम्हाले। छैठौं विकेटको लागि दुवैले ८९ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित सम्म पुर्याए। रास्ट्रिय टिमको लागि व्यक्तिगत सर्वाधिक ४८ रनको इनिंग खेल्दै रोहितले ८६ बल खेल्दै ५ चौका प्रहार गरे भने सोमपालले पनि रास्ट्रिय टिमको लागि सर्वाधिक रन बनाउने क्रममा अविजित ३७ रन बनाउन ४० बलमा ५ चौका प्रहार गरे। फलस्वरुप नेपालले ४०.४ ओभरमा जित हाँसिल गर्यो।

हंगकंग बलर ऐजाज खान र एहसान खानले २/२ विकेट लिए। रोहित पौडेल खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

हंगकंगको ब्याटिंग 

टस जिती पहिले ब्याटिंग रोजेको हंगकागले ४८.२ ओभरमा १५३ रनमै समेटिन पुग्यो।

६.२ ओभरमा बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाएका थिए। २४ रनको स्कोरमा हंगकंगले कार्टरको रुपमा आफ्नो पहिलो विकेट गुमाए पछि विकेट झर्ने सिल्सिला रोकिएन। ५३ रनको योगफलमा कप्तान बाबर हायात ( २० ) सोमपाल कामीको सिकार भए भने ५६ रनको योगफलमा हंगकंगले अन्शुमन राथलाई ( १ ) पनि गुमायो। ५८ रनको स्कोरमा साहिद वासिफलाई गुमाएपछि हंगकंग तनावमा देखियो।

पाँचौ विकेटको लागि सिमंदीप सिंह र निजाकत खानका बीच २७ रनको साझेदारी भयो। ८५ रनको योगफल हुँदामा सिंह ( ३ ) आउट भए पछि पुन: हंगकंगकोविकेट गुमाउने सिल्सिला पुनः सुरु भयो । सर्वाधिक ४७ रनको योगदान दिएका ओपनर निजाकत खान आउट भए लगत्तै तनवीर अफ्जल र एजाज खान पनि पभिलीयन फर्किए। ९ औ विकेटका लागि एहसान नवाज र एहसान खान बीच ३२ रनको साझेदारी भयो। १५३ रनमा अल आउट हुने क्रममा एहसान खान अन्तिम विकेटका रुपमा आउट भएका थिए। खानले २१ रन बनाए ।

नेपालका लागि उत्कृस्ट बलिंग गर्दै सन्दिप लामिछानेले १० ओभरमा ४ मेडन सहित १७ रन खर्चिदै ३ विकेट लिए । त्यसैगरी बसन्त रेग्मीले र करन केसीले २/२ विकेट लिए । सोमपाल कामी र ललित राजबंशीको हातमा १ -१ विकेट पर्यो।

Nepal vs Hongkong world cup qualifier 2018
टस गर्दै नेपाल र कंगकंगक कप्तान




थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]