नेपालको सम्भावना बढ्यो , हंगकंग पराजित

nepal womens cricket team

हंगकंगलाई ६ रनको अन्तरले पराजित गर्दै नेपालले लगात्तर दोश्रो जित हात पार्दै आईसीसी महिला विश्वकप छनौट प्रतियोगिता-एसिया छनौट प्रतियोगिताको उत्कृस्ट हुने सम्भावना कायम राखेको छ l

हेर्नुस स्कोरकार्ड  , अंक तालिका 

पहिलो २ खेलमा हंगकंग र थाईल्याण्ड संग पराजित भएको नेपालले त्यसपछि चिन र हंगकंगलाई पराजित गरेपछि अंकतालिकामा ४ अंक भएको छ l थाईल्याण्ड ४ खेलमा ३ जित १ हार सहित ६ अंक बटुली अग्रस्थानमा छ भने हंगकंग र नेपालको समान ४/४ अंक छ l चिनले १ जित र ३ हार बटुली २ अंक साथ तल्लो स्थान बनाएको छ l

नेपालले आगामी खेल भोलि थाईल्याण्ड संग खेल्ने कार्यक्रम छ जुन खेल जित्नु नेपालको लागि महत्वपूर्ण छ l प्रतियोगिताको बिजेता टोलिले अर्को बर्ष महिला बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ l

चौथो खेलमा काउलुन मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले पहिलो ३ विकेट ९ रनमै गुमाउन पुग्यो l ओपनर काजोल श्रेष्ठ ( २ ) , सिता राना मगर ( १ ) र निर्मला शाही ( ३ ) आउट भएपछि इन्दु बर्माले १५ ,  ज्योति पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाएर रन बढाएका थिए l करुणा भण्डारीले अविजित १९ रन बनाऊदै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याईन् l

पुरा २० ओभर ब्याटिंग गर्दै नेपालले ८ विकेट नोक्सानीमा ७५ रन बनाउन सक्यो l चान कि मानले सर्बाधिक ३ विकेट हात पारिन् l

प्रतिउत्तरमा ब्याटिंग गरेको हंगकंगले राम्रो सुरुवात गर्यो l ३३/२ को स्थितिमा रहेको हंगकंगले त्यसपछि भने लगातार अन्तरलमा विकेट गुमायो l ओपनर केरी चानले १८, कप्तान मारिको हिलले १३ तथा कीनु गिलले १० रन बनाउनु बाहेक अन्य हंगकंग ब्याट्सउमनले उल्लेख्य स्कोर बनाउन सकेनन् l

१७.४ ओभरमा ६९ रनमै हंगकंगले पुरा विकेट गुमाउन पुगेको थियो l अफस्पिनर करुणा भण्डारीले ३ विकेट ( ४-०-१७-३ ) तथा सिता राना मगरले २ विकेट ( ४-०-१५-२ ) आफ्नो नाम गरे l

खेलको प्लेयर अफ द म्याच करुणा भण्डारी घोषित भईन् l

प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेलमा थाईल्याण्डलाई चिनले ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हातपारेको छ l थाईल्याण्डले दिएको ८७ रनको लक्ष चिनले १९.२ ओभरमा ७ विकेट नोक्सानीमा पार गरेको थियो l भोलि हंगकंगले चिनको सामना गर्नेछ l





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]