Sudurpaschim Province vs Gandaki Province Live



नेपालद्वारा केन्या सात विकेटले पराजित

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध सोमवार भएको दोस्रो खेलमा केन्याले दिएको एक सय ५६ रनको विजय लक्ष्य नेपालले एक सय १८ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पुरा गर्यो ।

सुनिल धमला एक तथा सागर पुन ५ रनमा आउट भएपछि नेपाली पारी धरमराएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीबीच बलियो साझेदारी भएपछि नेपालले केन्या विरुद्ध सहज जित हात पारेको हो । दुवै खेलाडीबीच एक सय ११ रनको साझेदारी भएको थियो ।

नेपालले तीन दशमलव चार ओभरमा दुई विकेटको क्षतिमा मात्र १४ रन बनाएको अवस्थामा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिन १७ वर्षीय युवा खेलाडी दीपेन्द्रसिंह ऐरी मैदानमा आएका थिए । उनले विष्फोटक व्याटिङ गर्दै ६६ बलमा ६२ रन बनाए । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्या विरुद्धको शनिबार पहिलो खेलमा डेब्यु गरेका ऐरीले दोस्रो खेलमा एक छक्का तथा आठ चौका हान्दै उत्कृष्ट खेल प्रदर्शन गरे ।

यस्तै कप्तान पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले अविजित ६४ रनको योगदान दिए । यस क्रममा उनले एक छक्का तथा आठ चौका प्रहार गरे । यस्तै ऐरी आउट भएपछि खेल्न आएका शरद भेषवाकरले ३० दशमलव दुई ओभरको स्थितिमा छक्का हान्दै नेपाललाई जित दिलाए । उनले ११ बलमा एक छक्का र चार चौकासहित अविजित २४ रन बनाए ।

बलिङतर्फ केन्याका इ ओटिनोले दुई तथा कोलिन्स ओबुयाले एक विकेट लिए ।

यस अघि टस हारेर व्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । कप्तान आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ रन बनाए ।

केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेषवाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे । यस्तै मेहबुब आलम र वसन्त रेग्मीले दुई/दुई विकेट लिए । आलमले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । सागर पुन र सन्दीप लामिछानेले एक÷एक विकेट लिए ।

शनिबार पहिलो खेलमा नेपाल केन्यासँग पाँच विकेटले पराजित भएको थियो । केन्या विरुद्धको दोस्रो खेलमा जित हासिल गरेसँगै नेपालले विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राखेको छ । नेपालले अब प्रतियोगितामा हङकङ र युएईसँग खेल्न बाँकी छ । नौ खेलको समाप्तिसँगै नेपाल आठ अङ्कका साथ छैटौं तथा केन्या १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।





थप समाचार

ICCWCL2 : टस हारेर नेपाल ब्याटिंग गर्दै, करन बाहिर

नामिबियामा जारि आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र नामिबिया प्रतिस्पर्धा गर्दैछन्। विन्ढोक स्थित युनाइटेड क्रिकेट क्लब मैदानमा […]

ICCWCL2 : स्कटल्याण्डद्वारा नामिबिया पराजित

घरेलु टोलि नामिबियालाई ४ विकेटले पराजित गर्दै विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। सिरिजमा […]

U19 National : निर्मलको ५ विकेटमा लुम्बिनीको चौंथो जित, गण्डकी जितमा सुबासको ६ विकेट

अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। प्रदेश नम्बर-१ लाई ६ […]

नेपाल टि-२० लिगबाट कान्तिपुर गोर्खाज बाहिरियो, लिग फेरी सर्ने

यही डिसेम्बर १२ तारिख ( मङ्सिर २६ गते ) देखि काठमाडौँमा आयोजना हुने नेपाल टि-ट्वान्टी लिगबाट काठमाडौँ गोर्खाज टिमले नाम […]

नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने

आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल […]

लुम्बिनीको जितमा दुर्गेशको अलराउण्ड प्रदर्शन, नरेनको ५ विकेटमा सुदूरपश्चिमको लगातार पाँच जित

काठमाडौँमा जारि अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। टियु मैदान […]