- विकेटनेपाल, भदौ १६
एसिया कप छनौट प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। नेपालले प्रतियोगिताको अघिल्लो २ खेलमा ओमान र युएईसंग पराजय बेहोरेको थियो।
टस हारेर ब्याटिंग गर्दै नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको मलेसियाले राम्रो सुरुवात गर्यो। ओपनर मोहम्मद अनवर अरुदीनले ३४ तथा तेश्रो नम्बरका अहमद फैजले रन बनाए पछि उसले २ १०.१ ओभरमा ६६ रन बनाईसकेको थियो। नेपालले त्यसपछि निरन्तर अन्तरालमा विकेट लिंदै मलेसियालाई दबाबमा राख्यो। भिरनदिप सिंह ( २१ ) , सैयद मुबारक ( ३४ ) रन बनाएर आउट भए पछि नेपालले १३१ रन बनाउदा मलेसियाको ५ विकेट लियो। जसपछि रन रेटको दबाबमा रहेको मलेसियाले लगातार विकेट गुमाउन पुग्यो भने रन गति पनि कायम राख्न नसक्दा ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो।
नेपालको लागि बलिङ्गमा बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिन ६ ओभरमा ३६ रन खर्चिए। यस्तै सोमपाल कामि र सन्दिप लामिछानेले २/२ तथा दिपेन्द्र ऐरि र सागर पुनले १/१ विकेट लिए।

यस अघि बर्षाका कारण ३० ओभरमा झारिएको खेलमा पहिले ब्याटिंग गर्दै नेपालले ७ विकेटको क्षतिमा १८८ रन जोडेको छ। नेपालको इनिंगमा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले अर्ध-शतकीय पारि खेले। ओसिलो पिचमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले ओपनर सुबाश खकुरेल (९) लाई १८ रन जोड्दा गुमाएको थियो।
नम्बर ३ मा ब्याटिंग गर्न आएका ज्ञानेन्द्र मल्लले समेत खास प्रदर्शन गर्न सकेनन् र ३८ रनको स्कोरमा नेपालले दोस्रो विकेट गुमायो। त्यसपश्चात क्रमश ५६ र ६० रनको स्कोरमा पारस खड्का (१३) , अनिल कुमार साह (१६) र सागर पुन (०) लाई गुमाउँदा नेपाल ६०/५ को खराब अवस्थामा पुगेको थियो।

नेपालको इनिंगलाई खराब अवस्थाबाट माथी उठाउन आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले छैठौं विकेटका लागि १०१ रनको साझेदारी गरे। २७.३ ओभरमा सैज्रुल इजातको बलमा बोल्ड हुनअघि दिपेन्द्रले ५१ बलमा ६ चौका र १ छक्का सहित ५४ रनको इनिंग खेले। यस्तै अविजित रहने क्रममा आरिफ शेखले भने मात्र ४८ बलमा ५ चौका र २ छक्का सहित ६४ रन जोड्न भ्याए। नेपालले १३ रन वाइड स्वरूप अतिरिक्त पाएको थियो।
मलेसियाको बलिंगमा सैज्रुल इजात र सर्भिन मुनिअन्डीले सर्वाधिक ३-३ तथा मुहम्मद रहमानले १ विकेट हात पारे। प्रतियोगिताको फाइनल पुग्दै एसिया कपको सपना कायम गर्न नेपाललाई आफ्ना सबै खेल जित्ने दवाब रहेको छ।
नेपालको बाँकी खेल तालिका :- २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )