बसन्त रेग्मीले चमत्कार गर्दै जिताए नेपाललाई

Basant Regmi
  • विकेटनेपाल, माघ २५ – बिहिबार 

हारको संघारमा पुगीसकेको खेललाई बसन्त रेग्मीले उत्कृस्ट ब्याटिंग गर्दै रन बनाएपछि नेपालले डिभिजन-२ को पहिलो खेलमा नामिबियालाई १ विकेटले पराजित गरेको छ।

१३९ रनको लक्ष पछ्याउने क्रममा १२१ रनमा ९ विकेट गुमाएपछि बसन्त रेग्मी र सन्दिप लामिछानेले १० औं विकेटको लागि १८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए।

अन्तिम २ ओभरमा नेपाललाई जितको लागि  १६ रन आवस्यक रहंदा बसन्त रेग्मीले ४९ औ ओभरको चौथो बलमा छक्का प्रहार गरेका थिए।

त्यसपछि अन्तिम ओभरमा जितको लागि ७ रन आवस्यक रहंदा अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका देब्रे हाते ब्याट्सम्यान बसन्तले ओभरको दोश्रो बलमा चौका प्रहार गरेका थिए।

४९.३ ओभरमा फ्रीलिंकको बल लेग साइडमा वाइड भएपछि नेपालले ३ बल बाँकी छदै खेल जितेको थियो।

बसन्तले अविजित २४ रन बनाउने क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे भने सन्दिप १ रनमा अविजित रहे ।

१३९ रन लक्ष पछ्याउने क्रममा ओपनर दिलिप नाथ खाता नखोल्दै दोश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गरेका थिए । पारस १३ औं ओभरमा विलियम्सको बलमा १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड भएपछि नेपालले लगातार विकेट गुमाएको थियो।

आरिफ शेख ( ० ) , दिपेन्द्र ऐरी ( ६ ) , करन केसी ( ३ ) आउट भएपछि नेपालले २७ ओभर सकिंदा ५६ रनमा ६ विकेट गुमाईसकेको थियो।

त्यो अवस्थामा सातौं विकेटको लागि रोहित पौडेल र शरद भेसावकरले ३७ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। तर शरद २९ रन बनाएर लुन्गामेनीको बलमा क्याच आउट हुन पुग्दा रोहित पौडेलले पनि १७ रनको स्कोरमा आठौँ विकेटको रुपमा स्कल्जको बलमा एलबिडब्लु हुँदै मैदान बाहिरिएका थिए।

४३ ओभरमा १११/८ को स्कोरमा वर्षाले खेल रोकिएपछि नेपाल डी/एल मेथडको आधारमा हार्ने सम्भावना थियो तर खेल आधा घण्टा रोकिएपछि पुनः सुचारु भएको थियो।

नामिबियाको इनिंग 

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका लागि क्रेग विलियमसनले ४१ रनको आक्रामक पारि खेलेका थिए। ३४ बलमा ८ चौका प्रहार गरेका उनलाई जान फ्रान्कलिन तथा जेने ग्रीनले पनि समान २२/२२ रनको पारि खेलका थिए।विलियमसनलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे।

Sandeep Lamichhane
सन्दिप लामिछानेले ४ विकेट लिए

कुनै समय ७५/२ मा रहेको अवस्थाबाट बसन्त रेग्मी र सन्दिप लामिछानेले कसिलो बलिंग गरेपछि नामिबियाले थप ६ रन जोड्दा ४ विकेट गुमाउन पुगेको थियो ।

ओपनर स्टेफन बार्डले १८ रनको योगदान दिएको खेलमा तल्लोक्रममा ब्याटिंग गर्दै जेजे स्मिटले पनि १८ रनको योगदान गरे ।

जवाफमा नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिन ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चे भने सोमपाल कामिले ७ ओभरमा ३५ रन खर्चिदै ३ विकेट हात पारे । पारस खड्का, शरद भेसावाकरले १/१ विकेट झारे।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]