ओमान बिरुद्ध नेपालको विशाल जित, अब यस्तो छ विश्वकप छनौटको सम्भावना

२०७६ बैशाख ३, मंगलवार १३:५७

  • विकेटएपल, बैशाख-३ 

आईसीसी अन्डर-१९ विश्वकप एसिया छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा ओमानलाई १५० रनको ठुलो अन्तरले पराजित गरेको छ।

पहिले ब्याटिंग गरेको नेपालले ४३.२ ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा ओमानले ४४.१ ओभरमा ७९ रनमै सबै विकेट गुमाउन पुग्यो।

ओमानलाई सस्तोमा समेट्न अफ-स्पिनर पवन सर्राफले ३ विकेट ( १०-२-२४-३ ) लिए। यस्तै प्रतिस जिसी ( ७.१-१-१३-२ ) र सुर्य तामांगले ( ९-४-११-२ ) २/२ विकेट तथा कुशल मल्ल ( १०-२-१२-१ ) , भिम शार्की ( ३-०-६-१ ) र कमल ऐरि ( ३-३-०-१ ) ले १/१ विकेट लिए। कमलले ३ ओभर गर्दा ३ ओभरनै मेडन ओभर गरे।

Pawan Sarraf

ओमानको लाइ सिराह र तन्नाले समान १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४६ रनमा ८ विकेट गुमाईसकेको अवस्थामा नवौं र दशौँ नम्बरमा ब्याटिंग गरेका २ ब्याट्सम्यानले नेपालको जितको प्रतीक्षा लम्ब्याएका थिए।

रोहितको उत्कृस्ट इनिंग, प्रतिसको आक्रामक इनिंग 

नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। रोहितनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

८१/५ को नाजुक अवस्थामा पुगेको नेपालको इनिंगलाई रोहित र भिम शार्कीले छैठौं विकेटको लागि ९२ रनको साझेदारी गर्दै उकासेका थिए।

रोहित र भिमले विकेट गुमाएपछि पुनः नेपालले लगातार विकेट गुमाउन पुगेको थियो। भिमले ३९ रन बनाउन ४३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

Rohit Paudel ( File Photo )

अन्तिम विकेटको लागि प्रतिस जिसी र सुर्य तामांगले ५१ रनको साझेदारी गर्दा नेपालले २२९ रन बनाउन सक्यो।

प्रतिसले अन्तिम विकेटको रुपमा आउट हुनु अघि २३ बलमा २ चौका र ४ छक्का मदतले ४१ रन बनाए।

नेपालको विश्वकप छनौट सम्भावना के छ ? 

नेपाल, आयोजक मलेसिया सहित, युएई, सिंगापुर , कुवेत र ओमान गरि ६ टिम सहभागी प्रतियोगिताको विजेता टिम २०२० जनवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने अन्डर-१९ विश्वकप खेल्न छनौट हुनेछ।

ओमानलाई पराजित गर्दै नेपालले ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। अब नेपालले अन्तिम खेल बिहिबार कुवेतसंग खेल्नेछ।

उता युएईले पनि आफ्नो चौथो खेलमा लगातार जित दर्ता गर्ने क्रममा सिंगापुरलाई ९ विकेट पराजित गरेको छ। युएईले अन्तिम खेलमा बिहिबार ओमानसंग खेल्नेछ।

अब नेपाललाई विश्वकपमा छनौट हुने हो भने नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गर्नु पर्ने छ भने संगै युएईले पनि ओमानसंग हार बेहोर्नुपर्नेछ। त्यसो भएको खण्डमा नेपाल र युएईको ५ खेलमा १/१ हार र ४/४ जित हुनेछ। नेट-रनरेटमा नेपाल युएई भन्दा निकै अघि रहेको कारण नेपाल छनौट हुनेछ।

तपाईलाई के लाग्छ , छनौट होला त नेपाल ?

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy