आसिफ चम्किंदा नेपालद्वारा पपुवा न्युगिनी पराजित

आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराएको छ ।

युएईले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा ७ विकेट गुमाएको अवस्थामा आसिफ र सन्दीपले ७७ रनको साझेदारी गर्दै टोलीलाई जिताएका हुन् । यसअघि ओपनर कुशल भुर्तेल पहिलो बलमै खाता नै नखोलीकन आउट भए । यस्तै ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट हुँदा भीम सार्की ८ रनमा पेभेलियन फर्किए । यस्तै रोहित पौडेल र आरिफ शेख १-१ रनमा आउट भए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ तथा सेमो कमेया र सेसे बाउले २-२ विकेट लिए ।

यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १–१ विकेट लिए ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीबारको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, युएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार युएईसँग खेल्नेछ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]