पपुवा न्यु गिनी बिरुद्ध नेपालको शानदार जित, दिपेन्द्र र सन्दिप उत्कृस्ट

Sandeep Lamichhane
  • विकेटनेपाल, चैत- बिहिबार 

आईसीसी बिश्वकप छनौट अन्तर्गत प्लेअफ खेल अन्तर्गत खेलमा नेपालले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको छ। पपुवा न्यु गिनीले दिएको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर भेटाएपछि प्रतियोगितामा नेपालले दोश्रो जित दर्ता गर्यो।

जितसंगै अब नेपालले प्रतियोगिताको सातौँ स्थानको लागि शुक्रबार खेल्नेछ। नेदरल्याण्ड र हंगकंग बीच आजै भइरहेको खेलको बिजेतासंग नेपालको भेट हुनेछ। यदी नेदरल्याण्डले हंगकंगलाई पराजित गरे नेपालले स्वतः एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ भने हंगकंग बिजयी भने सातौ स्थानको लागि हंगकंग र नेपाल बीच हुने खेलको बिजेताले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ।

जिम्बाबेको ओल्ड हरारियन्स मैदान हरारेमा पपुवा न्यु गिनीले टस हारेर पहिले ब्याटिंग गर्दै दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गर्यो। ओपनर ज्ञानेन्द्र मल्ल १ र अनिल साह ९ रन बनाएर आउट हुँदा तेश्रो ओभर चल्दै गर्दा नेपालको स्कोर १३/२ पुग्यो। तेश्रो विकेटको लागि पारस खड्का र दिपेन्द्र ऐरीले २२ रनको साझेदारी गरे जसपछि पारस २० रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपाल पुनः समस्यामा पर्यो।

७ ओभरमा ३५/३ को स्थितिबाट दिपेन्द्र ऐरी र आरिफ शेखले जिम्मेवारीपुर्वक ब्याटिंग गरे। जितको नजिक पुर्याएर आरिफ शेख २६ रन बनाएर आउट हुँदा चौथो विकेट गुमाउनु अघि शेखले दिपेन्द्रसंग ६९ रनको महत्वपूर्ण साझेदारी गरिसकेका थिए। त्यसपछि ब्याटिंग गर्न आएका रोहित पौडेल र दिपेन्द्रले नेपाललाई जितसम्म पुर्याए।

दिपेन्द्रले अविजित ५० रन बनाउने क्रममा ५८ बलमा ३ छक्का र १ चौका प्रहार गरे। रास्ट्रिय टिमको लागि दिपेन्द्रको यो चौथो अर्धशतक हो। ऐरीले छक्का प्रहार गर्दै अर्धशतक र जित दिलाएका थिए। रोहित पौडेल ३ रनमा अविजित रहे।

सन्दिप र दिपेन्द्रको उत्कृस्ट बलिंग  

नेपालको लागि पहिलो विकेट सोमपाल कामिले तेश्रो ओभरमा कप्तान असद भालालाई १० रनमा एलबिडब्लु आउट गर्दै दिलाएका थिए। त्यसपछि आठौँ ओभरमा करन केसीले टिपी उरालाई ( ११ रन ) विकेटकिपर अनिल साहको हातमा क्याच थमाएका थिए।

२९/२ को अवस्थामा रहेको पपुवा न्यु गिनीले पुनः सम्हालिने प्रयास गर्दा सन्दिप लामिछानेले १३ औं ओभरमा चाड सोपरलाई १० रनको व्यक्तिगत स्कोरमा एलबिडब्लु गर्दै ५४/३ को अवस्थामा पुर्याए। त्यसपछि पनि सन्दिप रोकिएनन् र ११ रन बनाएका सेसे बाउलाई बोल्ड गर्दै चौथो सफलता दिलाए।


त्यसलगतै सन्दिपले महुरु दाईलाई पनि ५ रनको स्कोरमा क्याच आउट गराउदा पपुवा न्यु गिनी १६.१ ओभरमा ६३/५ को नाजुक अवस्थामा पुगेको थियो। त्यसपछि पनि विकेट जाने शिलशिला थामिएन र दिपेन्द्र ऐरीले लगातार ४ विकेट लिंदै न्यु गिनीलाई लज्जास्पद स्कोरमा अलआउट गर्न महत्वपूर्ण भूमिका खेले।

दिपेन्द्रले ४.४ ओभरमा मात्र १४ रन दिएर ४ विकेट लिंदा न्यु गिनीको तल्लो क्रमलाई ध्वस्त पारे। सन्दिप लामिछानेले ८ ओभर बलिंग गर्दै ४ विकेट लिन २९ रन मात्र खर्चिए। सोमपालले ६ ओभरमा १८ रन तथा करनले ५ ओभरमा २४ रन खर्चेर १/१ विकेट लिए।

पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक १९ रन तथा जे किलाले १५ रन योगदान दिए।

खेलको फोटोहरु :- 

Nepal Cricket Team
Nepal Cricket Team

Nepal Cricket Team
Nepal Cricket Team




थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]