नेपालको लगातार दोश्रो जित ( एसिया कप छनौट )

Lalit Rajbanshi
  • विकेटनेपाल, भदौ १७ 

एसिया कप छनौट प्रतियोगिता अन्तर्गत नेपालले  लगातार दोश्रो जित हात पार्ने क्रममा सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। नेपालले प्रतियोगितामा यएई र ओमानसंग पराजय बेहोरेको थियो भने मलेसियासंग जित हात पारेको थियो। जितपछि नेपालको ४ खेलमा २ जित सहित ४ अंक भएको छ र अंकतालिकाको चौथो स्थानमा रहेकोछ।

टस जितेर पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो।

लक्ष्य पछ्याउने क्रममा नेपाली ओपनिङ्ग जोडी अनिल शाह र सुबास खकुरेलले ५६ रनको साझेदारी गरेका थिए। अनिल ४३ रन बनाएर आउट भए जुन क्रममा ३२ बलमा २ छक्का र ५ चौका प्रहार गरे। त्यसपछि भने नेपालले निरन्तर अन्तरालमा विकेट गुमाउन पुग्यो। सुबास ( १४ ) , पारस ( ११ ) रन बनाएर आउट भए।

Anil Sah
Anil Sah

चौथो विकेटको लागि दिपेन्द्र ऐरि र ज्ञानेन्द्र मल्लले ४७ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याए तर ज्ञानेन्द्र २९ र दिपेन्द्र ३३ रन बनाएर आउट हुँदा नेपालले पुनः छिटो विकेट गुमाउन पुग्यो। त्यसपछि आएका सागर पुन १४ रन बनाएर आउट हुँदा नेपालले २८.१ ओभरमा लक्ष्य पुरा गर्न ६ विकेट गुमाउन पुगेको थियो।

यस अघि युकेएम ओभल मैदानमा अत्यन्त खराब सुरुवात गरेको सिंगापुरले १८ रनको योगफलमा ३ विकेट गुमाएको थियो। सोमपाल कामिले ओपनर अर्जुन मुत्रेजा ( ० ) र रोहन रंगराजनलाई बोल्ड गर्दै तथा ललित राजबंशीले अरिता दत्ता ( ८ ) लाई स्टम्पिङ्ग गरेपछि सिंगापुर नाजुक अवस्थामा पुगेको थियो।

३ विकेट गुमेपछि चौथो विकेटको लागि कप्तान चेतन सुर्यबंशी र अनिश परमले चौथो विकेटकको लागि ८० रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। सुर्यबंशीले ६१ रन बनाउने क्रममा ८८ बलमा १ छक्का र ८ चौका तथा अनिशले ३१ रन बनाउन ६७ बलमा २ चौका प्रहार गरे। अनिशलाई दिपेन्द्र ऐरिले २७ औं ओभरमा रन आउट गरेपछि सुर्यबंशीलाई पनि ललित राजबंशीले एलबिडब्लु गरे जसपछि सिंगापुरले लगातार विकेट गुमाउन थाल्यो। ९८/३ को अवस्थामा रहेको सिंगापुरले थप ५३ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

Lalit Rajbanshi
Lalit Rajbanshi

नेपालको बलिङ्गतर्फ ललित राजबंशी र सन्दिप लामिछानेले ३/३ विकेट हात पारे। सन्दिपले १० ओभरमा ३६ रन तथा ललितले ९ ओभरमा १ मेडन ओभर गर्दै २७ रन खर्चिए। यस्तै सोमपाल कामिले २ विकेट ( ७-१-२९-२ ) तथा बसन्त रेग्मीले १ विकेट ( ८-१-२०-१ ) हात पारे।

प्रतियोगिता अन्तर्गत नेपालले अन्तिम खेल मंगलबार हंगकंगसंग खेल्ने कार्यक्रम रहेको छ। ६ टिम सहभागी प्रतियोगिताको लिग चरणको उत्कृस्ट २ हुने टिम फाइनल प्रवेश गर्ने छ र फाइनल जित्ने टिम एसिया कप खेल्न छनौट हुनेछ। नेपालले एसिया कप छनौटको सम्भावना जीवित राख्न अन्तिम खेलमा हंगकंगलाई पराजित गर्नु पर्नेछ जसपछि अन्य खेलको नतिजा र नेटरन रेटमा भर पर्नुपर्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]