नेपालको लगातार चौथो जित, युएई ५ विकेटले पराजित

त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ।

सोमबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

चार बल बाँकी रहँदा नै नेपालले युएईले दिएको १६५ रनको लक्ष्य पूरा गरेको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। नेपालका ओपनर आशिफ शेखले ६२ रन बनाए। अर्का ओपनर कुशल भुर्तेल एक रन, कुशल मल्ल शून्य र सोमपाल कामी दुई रनमै आउट भए।

कप्तान रोहित पौडेलले ४७ रन बनाएर आउट भए। बलिङतर्फ अन्तिम ओभरमा करण केसीले अलि नसिरलाई आउट गरेका थिए।

त्यसअघि अविनाश बोहराले युएईको दुई महत्त्वपूर्ण विकेट लिए। युएईका बसिल हमिद र भ्रित्य अरविन्दलाई अर्धशतक बनाउनबाट बोहराले रोकेका हुन्। उनीहरू दुबैजना ४५ रन बनाएर आउट भएका थिए।

त्यसअघि कुशल मल्लले १२.१ ओभरमा गरेको बलमा अलिशान शराफु रनआउट भएका थिए। उनी ९ रन बनाएर आउट भएका हुन्।

गुलशन झाले ८.५ ओभरमा आसिफ खानलाई आउट गरेका थिए। खान १८ रन बनाएर आउट भएका हुन्। झाको बल प्रहार गर्नेक्रममा सोमपाल कामीले क्याच आउट गरेका थिए।

सोमपाल कामीले पनि दुई विकेट लिएका छन्।

उनले मोहम्मद वासीमलाई आउट गरेका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरे। वासीम आठ रन बनाएर आउट भएका हुन्।

सोमपालले नै खालिद शाहलाई पहिलो ओभरको छैटौँ बलमा बोल्ड गरेका हुन्। शाह १२ रन बनाएर आउट भए।

नेपालले यस सिरिजमा लगातार तीन जित हात पारिसकेको छ। हङकङलाई दुई पटक र युएईलाई एक पटक पराजित गरिसकेको छ।

तीन जित हात पारेसँगै नेपालले शुक्रबार हुने कीर्तिपुर क्रिकेट मैदानमा फाइनल खेल्नेछ।

त्यसअघि बुधबार युएई र हङकङबीच मुलपानीमा खेल हुनेछ। आइतबार युएईले हङकङलाई ६ विकेटले पराजित गरेको थियो।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]