तेश्रो टि-२० मा युएई पराजित , नेपालको ऐतिहासिक टि-२० सिरिज जित

  • विकेटनेपाल – २० माघ, आइतवार 

घरेलु टोलि युएईलाई अन्तिम टि-२० खेलमा १४ रनले पराजित गर्दै नेपालले ३ खेलको टि-२० शृंखला २-१ ले आफ्नो नाम गरेको छ।

यसअघि भएको पहिलो खेल युएई र दोस्रो खेलमा भने नेपालले जित हात पारेका थियो। नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज पनि २-१ ले जितेको थियो।

नेपालले टि-२० अन्तर्राष्ट्रिय सिरिज जितेको यो नै पहिलो र ऐतिहासिक अवसर हो। यस अघि नेपालले सन् २०१४ मा हंगकंग संग र २०१५ मा नेदरल्याण्डसंग टि-२० अन्तर्राष्ट्रिय सिरिज हारेको थियो।

युएई बिरुद्धको तेस्रो टि-२० मा नेपाललाई जित आवश्यक रहंदा करन केसी, पारस खड्का, सुन्दिप जोरा र अविनाश बोहोराले उत्कृस्ट प्रदर्शन गरे। पहिले ब्याटिंग गर्दै नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको घरेलु टोलिले बर्षा बाधक बनेर १० ओभरमा झारिएको खेलमा ९० रन मात्र जोड्न सक्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी अभिनाश बोहरा र प्लेयर अफ द म्याच करन केसी घोषित भए। सिरिज जित बापत नेपालले १० हजार युएई दिराम प्राप्त गर्यो।

१०५ रनको स्कोर पछ्याउने क्रममा युएईको सुरुवात उत्कृस्ट रह्यो। नेपाली स्पिनर सन्दिप लामिछानेले गरेको पहिलो ओभरमा नै युएईले २० रन जोड्दै राम्रो सुरुवात पायो।

इनिंगको दोस्रो ओभरको चौथो र पाँचौ बलमा सोमपाल कामीलाई लगातार दुई चौका प्रहार गर्दै अस्फाक अहमदले दबाबमा पार्दा सिंगो नेपाली टोलि दबाबमा आएको थियो। तर ओभरको अन्तिम बलमा सोमपालले अस्फाकको विकेट लिंदै नेपाललाई खेलमा फार्काए।

Avinash Bohara
Avinash Bohara ( Photo – BBC )

२९ रनको स्कोरमा पहिलो विकेट गुमाएको युएईका लागि घुलम शब्बेर र शैमान अनवरले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गर्दै घरेलु टोलीलाई खेलमा अघि बढाउने प्रायस गरे। पाँचौं ओभरको चौथो बलमा शब्बेर ( २५ ) अविनास बोहोराबाट बोल्ड हुन पुगे। त्यसको लगत्तै छैठौं ओभरको तेस्रो बलमा सन्दिप लामिछानेले मोहम्मद उस्मानलाई ( २ ) समेत पभेलियनको बाटो देखाए।

उस्मानको विकेट पश्चात युएईका लागि शैमन अनवरले नयाँ ब्याट्सम्यान मोहम्मद बुतासंग मिलेर आक्रमक ब्याटिंग गर्दै टोलीको इनिंग अघि बढाए। प्रत्येक ओभरमा लगातार बाउन्ड्री प्रहार गरेको सो जोडी नेपालका लागि घातक बन्नेक्रममा थियो।

तर इनिंगको आठौँ ओभर लिएर आएका करन केसीको पहिलो बलमा ज्ञानेन्द्र मल्लले सानदार क्याच समात्दा नेपालले शैमन अनवरको महत्वपूर्ण विकेट हात पार्यो। अनवरले २० बलमा २ चौका र २ छक्का सहित ३० रन जोडे।

करनको चमत्कार सो ओभरमा त्यतिमा मात्र रोकिएन। ओभरको तेस्रो बलमा युएईका कप्तान मोहम्मद नाबिद समेत करनको शिकार बन्दा घरेलु टोलीले ७३ रन जोड्न ५ विकेट गुमाएको थियो।

अन्तिम २ ओभरमा जितका लागि २९ रन बाँकी रहंदा नवौं ओभर गर्ने जिम्मा अविनाश बोहोराले पाए। सिरिजमा लगातार राम्रो बलिङ्ग गर्दै आएका युवा बोहोरा अन्तिम र महत्वपूर्ण खेलमा कहाँ चुक्थे र। ओभरको पाँचौ बलमा बोहोराले ११ रन बनाएर खेलिरहेका मोहम्मद बुतालाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराउंदा युएईले छैठौं विकेट गुमायो।

अन्तिमो ओभरको खेल बाँकी रहंदा युएईलाई जितका लागि २० रनको आवश्यकता थियो र कप्तान पारस खड्काले बल थमाए ललित राजबंशीको हातमा। ओभरको पहिलो बलमानै राजबंशीले सिपि रिज्वानको विकेट हात पारे।

लगत्तै दोस्रो बलमा आमिर हायात समेत पारस खड्काको हातबात समतिंदा युएईको जितको सपना चकनाचुर भयो। ललितको आफ्नो धैर्यता कायम राखे र अनुसाशित बलिङ्ग गर्दै नेपाललाई जित दिलाए।

नेपालको बलिङ्गमा करन केसी, अविनाश बोहोरा र ललित राजबंशीले समान २-२ विकेट हात पारे।

नेपालको ब्याटिंग 

यसअघि बर्षा बाधक बनेपछि १० ओभरमा झारिएको खेलमा नेपालले पुरै १० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १०४ रन जोड्न सकेको थियो। नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक २९, सुन्दिप जोराले २८ र बिनोद भण्डारीले २१ रनको योगदान गरेका थिए।

नेपालको सुरुवात भने राम्रो  रहन सकेको थिएन। ओपनर ब्याट्सम्यान पवन सर्राफ खाता नखोल्दै पभेलियन फर्किंदा नेपालले पहिलो ओभरमा रन जोड्ननै सकेन। त्यसपश्चात भने पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागी १२ रनको साझेदारी गरे।

मल्ल ११ रनको स्कोरमा पभेलियन फर्किए। यस्तै दिपेन्द्र ऐरीको विकेट समेत लगत्तै गुमाएको नेपालले २१ रन जोड्न ३ विकेट गुमाएको थियो।

पाँचौं नम्बरमा ब्याटिंग गरेका सुन्दिप जोरा र कप्तान पारस खड्काले सो पश्चात बिष्फोटक ब्याटिंग गर्दै नेपालको स्कोर अघि बढाए। पारस व्यक्तिगत २९ रन बनाउंदा १४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै छैठौं ओभरको अन्तिम बलमा पभेलियन फर्किए। यस्तै जोराले भने नवौं ओभरको तेस्रो बलमा विकेट गुमाउन अघि ११ बलमा ३ छक्का सहित २८ रन जोडे।

इनिंगको अन्त्य तर्फ लगातार विकेट गुमाएको नेपालका लागि बिनोद भण्डारीले २१ रन तथा करन केसीले १० रन जोड्दै स्कोर १०० रन पार गराए। बिनोदले १३ बलमा २ चौका र १ छक्का तथा करनले ५ बलमा १ छक्का प्रहार गरे।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]