विश्वकप छनोटमा अमेरिकामाथि नेपालको सानदार जित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ।

मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्‍यो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे। तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे।उनले ११४ बलमा ७ चौका र १ छक्का हिर्काए।

यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का हिर्काए।

कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए। यस्तै आसिफ शेख १२ रनमा अमेरिकाका नेत्रभाल्करको एलबिडब्लूको धरापमा पर्दा कुशल भुर्तेल ३९ रनमा केन्जिगेबाट क्याच भए।

त्यसअघि जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।

अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका शायन जहानगिरले शतक प्रहार गरे। एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका उनले १०० रन जोड्ने क्रममा ७९ बलमा १० चौका र ३ छक्का हिर्काए।

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भए। चारै जनालाई करण केसीले आउट गर्दै सुरुवाती चार विकेट लिएर नेपाललाई उत्कृष्ट सुरूवात दिए। आठ ओभर चल्दै गर्दा अमेरिकाले चार विकेट गुमाउदा १८ रन जोडेको थियो।

गजानन्द सिंह २६ रन बनाएर आउट भए भने ओपनिङ ब्याटर सुशान्त मोदानी ४२ रन जोडेर। निशर्ग पटेलले ८ रन मात्र जोड्न सके। जेसी सिंह १२ रन र शौरभ नेत्रभाल्कर ४ रनमा आउट भए।

बलिङमा नेपालका करण केसीले ४ विकेट लिए। केसीले ९ ओभरमा ३ मेडन राख्दा ३३ रन खर्चिए।

गुल्सन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट हात पारे। गुल्सनले १० ओभरमा ५२ रन र ५ ओभरमा १५ रन खर्चिए।

ललितनारायण राजवंशीले कसिलो बलिङ गर्ने क्रममा १० ओभरमा २० रन खर्चिदा १ विकेट लिए।

एकदिवसीय खेलमा सर्वाधिक छिटो सय विकेट लिने कीर्तिमान बनाएका सन्दीप लामिछाने पछिल्ला दुई खेलमा विकेटबिहिन बने। नेपालका लागि लगातार ३३ खेलमा विकेट लिएका सन्दीपले अमेरिकाविरुद्ध १० ओभरमा ५८ रन खर्चिए।

पहिलो खेलमा नेपाल र अमेरिका दुवैले हार बेहोरेका थिए। यद्यपी नेपालले जिम्बावे र अमेरिकाले वेस्ट इन्डिजसँग प्रतिस्पर्धात्मक खेल देखाएका थिए।

जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना जीवित बनेको छ।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

अब नेपालले २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच(पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन/तीन टिम पुग्नेछन्।

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर/नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्। छनोट प्रतियोगितामा नेपालले आज अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।





थप समाचार

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]

स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि

काठमाडौँ। स्व. डम्बर धामी स्मृति टी-१० क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ। ‎ नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको […]