वुमेन्स टि-२० स्म्यास : चिन बिरुद्ध नेपालको बिशाल जित

  • विकेटनेपाल, पुष २८ , शनिवार 

थाईल्याण्डमा आज सुरु भएको थाईल्याण्ड वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिनलाई सहजै पराजित गरेको छ।

टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेको नेपाली महिला क्रिकेट टिमले डेब्युमा जित दर्ता गरेको हो। आईसीसीले गत वर्ष जुलाई देखि प्रत्येक महिला टिम बीच हुने खेललाई टि-२० अन्तर्राष्ट्रियको मान्यता दिने निर्णय गरेको थियो। थाईल्याण्ड टि-२० स्म्यासको खेलहरुले पनि अन्तर्राष्ट्रिय टि-२० को मान्यता पाएको छ। पुरुष टिमको हकमा भने यो मान्यता २०१९ जनवरी १ देखि लागु भएको छ। आईसीसीको सबै १०५ सदस्यहरुले आफु बीच खेल्ने खेलहरुलाई टी-२०  ले अब अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। महिलातर्फ भने ४६ राष्ट्रहरुले स्वतः टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएका छन्।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको चिनले पहिलो इनिंगमा २० ओभर पुरै ब्याटिंग गर्दै ६ विकेट गुमाएर ४८ रन बनाएको थियो। ४९ रनको लक्ष्य नेपालले विकेट नगुमाई नवौं ओभरमा पुरा गर्दै १० विकेटको जित दर्ता गर्यो।

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा आइतबार मलेसियाको सामना गर्नेछ। खेल नेपाली समय बिहान ८:१५ बजे सुरु हुनेछ।

नेपाललाई जितमा ओपनिङ्ग ब्याटिंग गरेका काजल र सिता राना मगरले अविजित ४९ रनको साझदारी गरे। काजलले अविजित १४ रन तथा सिताले अविजित २४ रन बनाईन्। २९ बलमा काजलले १ चौका तथा सिताले २५ बलमा ३ चौका प्रहार गरिन्।

Sita Rana Magar ( FILE PHOTO )

नेपालको बलिङ्ग 

थाइल्याण्डको एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर नेपालले चीनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। कप्तान रुबिनाको उक्त निर्णयलाई बलरहरुले सही सावित गरिदिएका थिए।

चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर  ४८ रन बनायो। पहिलो ५ ओभरसम्म नेपालले विकेट लिन नसकेपनि नेरीले छैटौँ ओभरमा नेपाललाई पहिलो सफलता दिलाएकी थिइन्।

नेपालका लागि करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिइन्। यस्तै कसिलो बलिङ गरेकी नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएन्। १ विकेट सिता राना मगरले लिईन्।

Karuna Bhandari

चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। चिनले आफ्नो इनिंगमा मात्र ३ वटा चौका प्रहार गर्न सक्यो।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हंगकंग, युएई, चिन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिको सहभागिता रहेको छ। सहभागी १० टोलिलाई ५/५ टिमको २ वटा समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच १/१ खेल खेलीसकेपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

जनवरी १३ – नेपाल Vs मलेसिया – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १५ – नेपाल Vs युएई – १२:१५ बजे दिउसो ( नेपाली समय )
जनवरी १६ – नेपाल Vs थाईल्याण्ड ‘ए’ – ८:१५ बजे बिहान ( नेपाली समय )





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]