बिश्वकप खेल्न रेलमा गएको नेत्रहीन टिम प्लेनमा फर्केपछि भने – ‘पुनर्जीवन पायौं’

  • विकेटनेपाल, माघ-८ , सोमबार  

यसै हफ्ता सम्पन्न पाँचौ नेत्रहिन एकदिवसीय बिश्वकपमा सहभागिता जनाउन नेपाली टिम रेलको यात्रा गर्दै पाकिस्तान जान बाध्य भएको थियो।

नेपाली क्रिकेट टिम रेल चढेर जाने समाचार पछि नेत्रहीन क्रिकेट टिमलाई सहयोग गर्ने नेपाली क्रिकेट समर्थक समाजले आर्थिक सहयोग अभियाननै चलायो।अभियानको सुरुवातमै रास्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्काले नेत्रहीन टिम रेलमा गए पनि प्लेनमा फर्किनुपर्छ भन्दै ५० हजार रुपैयाँ एक्लैले सहयोग घोषणा गरेपछि समर्थक समाजको अभियानलाई सहयोग गर्ने लहरनै चल्यो।

क्रिकेट समर्थक देखि रास्ट्रिय खेलाडी, पुर्व खेलाडीहरु लगायतले प्लेनमा नेपाली टिमलाई फर्काउनु पर्ने अभियानमा आर्थिक सहयोग गरे।

समर्थक समाजको अभियानले सफलता पायो र कुल ७ लाख ८७ हजार रुपैयाँ आर्थिक संकलन गर्न सफल भयो। उठेको रकमले नेपाली नेत्रहीन टिम प्लेनमा मात्रै फर्किएन टिमका खेलाडीहरुले नगद सहयोग समेत पाए।

सोमबार समर्थक समाजले त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदानमा औपचारिक कार्यक्रम गर्दै नेपाली नेत्रहीन टिमलाई सम्मान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम आयोजना गर्यो। रास्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा तथा ब्याटिंग कन्सल्टेन्ट सुलक्षण कुल्कर्नीको उपस्थितिमा समाजले नेत्रहीन टिमलाई सम्मानित गर्यो।

सम्मान गर्दै समाजका अध्यक्ष भानु सिग्देल र साथमा पारस खड्का

कार्यक्रममा नेत्रहिन क्रीकेट संघलाई सम्मान स्वरूप ताम्रपत्र र नगद रु ५० हजार तथा बिश्वकपमा सहभागी १४ जना खेलाडीलाई जनहि रु २२ हजार, अफिसियल तथा प्राबिधिक ८ जनालाई जनहि रु ११ हजार रुपैयाँ प्रदान गरिएको थियो। अभियानको समर्थकहरु फ्लाई दुबई, दृस्टिबिहिन टिमको जर्सी प्रायोजक साहस स्पोर्ट्स र सन्यास घोषणा गरेका दुइ दृस्टीबिहिन खेलाडी किर्तन श्रेष्ठलाई मायाको चिनो समेत समाजले कार्यक्रममा प्रदान गर्यो ।

समाजको अभियानमा कुल २७४ ( ब्यक्ति र संस्था ) ठाउँबाट सहयोग आएको थियो जसमा कप्तान पारस खड्का र पुर्व रास्ट्रिय क्रिकेटर पारस लुनियाले रु. ५० हजार सहयोग गरेका थिए। यस्तै रास्ट्रिय क्रिकेट टिमका सदस्यहरु, कांग्रेस नेता गगन थापा देखि बिभिन्न संस्था र समर्थकहरुले अभियानलाई आर्थिक सहयोग गरेका थिए। ( लिस्ट सबैभन्दा तल )  

‘नेत्रहीन क्रिकेटलाई पुनर्जीवन’ – पवन घिमिरे 

सम्मान कार्यक्रममा नेपाल नेत्रहिन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले समर्थक समाजले नेत्रहिन क्रिकेटलाई पुनर्जीवन दिएको बताए। संघ स्थापनाको दर्शबर्षमा यो स्तरको सहयोग र सम्मान प्राप्त नभएकोमा उनले कृतज्ञता ब्यक्त गरे।

‘नेपाली क्रिकेट फ्यान उत्कृस्ट भएको प्रमाणित’ – पारस खड्का 

अभियानलाई सुरुवातमै रु. ५० हजार घोषणा गरेका कप्तान पारस खड्काले नेपाली क्रिकेट समर्थक समाजको अभियानले नेपाली क्रिकेट फ्यानहरु उत्कृस्ट रहेको प्रमाणित गरेको बताए। देशको झन्डा बोकेर खेल्ने सबै खेलाडी एक भएको धारणा राख्दै उनले पांच पटक बिश्वकपक खेलेको नेपाली दृस्टीबिहिन टिमलाई सम्मान ब्यक्त गरे।

‘नेपाली क्रिकेट टुहुरो छैन’ – भानु सिग्देल 

आर्थिक सहयोग कार्यक्रमको सफलतामा बोल्दै समर्थक समाजका अध्यक्ष भानु सिग्देलले यो अभियानले नेपाली क्रिकेट टुहुरो नरहेको र बेबारिसे हुन नदिने तथा राज्य आफ्नो दायित्वबाट बिमुख हुन नहुने खबरदारी गरे। नेपाली समर्थकहरुको प्रतिनिधि संस्थाको रुपमा रहेको समाज आफ्नो लक्षमा सफल भएको बताउदै उनले आगामी दिनमा देशको लागि खेल्ने खेलाडीहरुलाई दुख नहोस भन्ने कामना ब्यक्त गरे।

सहयोग गर्नेहरुको सुची ( क्लिक गरेर हेर्नुस

 





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]