नेपालमा जन्मथलो भएका हंगकंग खेलाडी पोखराबाट इपिएल खेल्ने

  • विकेटनेपाल, मङ्सिर-१५ 

एभरेस्ट प्रिमियर लिग टि-२० ( इपिएल ) टिम पोखरा राइनोजले टिममा चौथो बिदेशी खेलाडी भित्र्याएको छ।

मङ्सिर २२ देखि काठमाडौँमा सुरु हुने इपिएल टि-२० को प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीलाई प्लेयिंग-११ मा समाबेस गर्नैपर्ने नियम रहेको छ। त्यस अनुसार प्रतियोगितामा ४ जना बिदेशी खेलाडी भित्र्याउने राइनोज पहिलो टिम भएको छ।

पारस खड्का कप्तानीको बिराटनगर वारियर्स बाहेक अन्य टिमहरुले ३ बिदेशी खेलाडीहरुको घोषणा गरिसकेको छ जसमा केभिन ओ ब्रायन, सिकन्दर राजा र रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स) , सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स ) , पल स्टरलिङ्ग, जर्ज स्कट र जन सिम्प्सन ( चितवन टाइगर्स ) रहेका छन्।

हंगकंग क्रिकेटर सन्नी भिमसारिया पोखरामा आबद्ध 

हंगकंगको अन्डर-१५, अन्डर-१७ र अन्डर-१९ टिम प्रतिनिधित्व गरिसकेका सन्नी भिमसारियालाई चौथो बिदेशी खेलाडीको रुपमा राइनोजले भित्र्याएको हो।

यस भन्दा अघि राइनोजले टिममा कायल कोट्जर र रिचर्ड लेभी, पल कोग्लिनलाई टिममा तथा अस्ट्रेलियाका नेथन डोडलाई प्रशिक्षकको रुपमा आबद्ध गरिसकेको छ।

२५ बर्षिय सन्नीले सन् २०११ देखि २०१३ सम्म हंगकंग यु-१९ टिमको लागि खेलेका थिए भने सन् २००७ मा नेपालमा आयोजना भएको एसीसी यु-१५ तथा पुनः सन् २००९ मा नेपालमै आयोजना भएको एसीसी यु-१७ मा उनले हंगकंगको प्रतिनिधित्व गरेका थिए।

 

दायाँ हाते लेग स्पिन बलिङ्ग र राम्रो ब्याटिंग समेत गर्न सक्ने सन्नी यस बर्ष हंगकंग टि-२० ब्लिटज प्रतियोगितामा काउलुन कन्टोन क्लबबाट खेलेका थिए। सोहि क्लबबाट सन् २०१६ मा सन्दिप लामिछानेले पनि उक्त प्रतियोगिता खेलेका थिए।

हंगकंग ‘ए’ टिमको सदस्य समेत रहेका सन्नीसंग इंग्ल्याण्डको घरेलु क्रिकेटमा ह्याम्पसायर लिग खेलेको अनुभव रहेको छ। बिशप वाल्थमको लागि खेल्ने क्रममा उनले एक खेलमा अविजित २०० रन बनाएका थिए।


सन्नीको जन्म नेपालमै भएपनि सानै देखि हंगकंगमा बस्दै आएका छन्। टिममा आबद्ध भए पछि उनलेखुसि ब्यक्त गरेका छन्-

“पोखरा राइनोजबाट खेल्न पाउदा म निकै उत्साहित छु। नेपाल मेरो जन्मभुमि हो जहाँबाट मैले मेरो सुरुवाती दिनमा मेरो क्रिकेट प्रति लगाव पुरा गर्न उर्जा प्राप्त गरेको छु। नेपालको क्रिकेट विकास म निरन्तर पछ्याईरहेको छु र खुसि छु त्यसको राइनोज मार्फत हिस्सा बन्न पाएकोमा”

गत बर्ष शक्ति गौचनको कप्तानीमा खेलेको पोखरा राइनोजमा बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन्। गत सिजन पोखराको बिदेशी खेलाडीको रुपमा ताज वाली, इस्रारुल्लाह र आसिफ अलि खेलेका थिए।

यस्ता छन् पोखराबाट खेल्ने अन्य खेलाडीहरु :- 

रिचर्ड लेभी – ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो छिटो शतक प्रहार गर्ने दक्षिण अफ्रिकाका रिचर्ड लेभी राइनोजबाट खेल्नेछन्।

दक्षिण अफ्रिकामा जन्मिएका रिचर्ड लेभी टि-२० क्रिकेटमा बिष्फोटक ब्याटिंगका लागि चिनिने गर्छन्। ३० बर्षीय लेभीले सन् २०१२ मा न्युजील्याण्ड बिरुद्ध मात्र ४५ बलमा शतक बनाउंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने रेकर्ड आफ्नो नाम गरेका थिए। सो रेकर्ड पछि गएर दक्षिण अफ्रिकाकै डेभिड मिलरले तोड्न पुगे।

लेभीले सोहि इनिंगकै क्रममा १३ छक्का प्रहार गरेका थिए जुन सो समयमा एकै टि-२० इनिंगमा ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का समेत थियो।

बिष्फोटक ब्याटिंगका लागि चिनिने लेभीको इनिंगपछि इन्डियन प्रिमियर लिगको टोलि मुम्बई इन्डीयन्सले ४ लाख डलरमा उनलाई टोलीमा समेत लिएको थियो। आइपिएल क्रिकेटमा मात्र ६ खेल खेल्ने मौका पाएका लेभीले कुल ८३ रन मात्र बनाउन सके।

त्यसयता दक्षिण अफ्रिकाका लागि १३ टि-२० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका लेभीको नाममा १४१.३१ को बिष्फोटक स्ट्राइक रेटमा २३६ रन रहेको छ। यस्तै इंग्ल्याण्डको काउन्टी क्रिकेटमा सोमरसेट र बिभिन्न घरेलु टि-२० लिगमा उनले १९८ खेल खेल्दा ५०७० रन बटुलेका छन्।

अन्तिम पटक लेभीलेले अन्तिम पटक सन् २०१२ मा न्युजिल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए।

कायल कोट्जर

स्कटल्याण्डको लागि माथिल्लो क्रममा आक्रामक ब्याटिंग गर्ने कोट्जरले आफ्नो देशको लागि ५० एकदिवसीय अन्तर्राष्ट्रिय र ४५ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलेका छन्। उनको नाममा १९६९ एक दिवसीय रन तथा १०३५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय रन रहेको छ। कोट्जरले सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यनडमा सम्पन्न विश्व कपमा बंग्लादेश विरुद्ध सानदार १५६ रन बनाएका थिए।

कोट्जरले बंगलादेश बिरुद्ध बनाएको १५६ रन एक दिवसीय विश्वकपमा एसोसिएट राष्ट्रका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत रन समेत हो। यस्तै कोट्जरकै कप्तानीमा स्कटल्याण्डले जुन १०, २०१८ मा इंग्ल्याण्डलाई एक दिवसीय खेलमा ६ रनले पराजित गरेको थियो। सो खेलमा कोट्जरले बिष्फोटक ब्याटिंग गर्दै ४९ बलमा ५८ रन जोडेका थिए।

पल कोग्लिन

इंग्ल्याण्डका घरेलु क्रिकेटर पल कोग्लिनले इपिएलमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। इंग्ल्याण्डको घरेलु क्रिकेटमा कोग्लिनले नोट्टीन्घमशायरको लागि खेल्दै आएका छन् भने डर्हमको लागि पनि खेलीसकेका छन्।

दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका अलराउण्डरसंग घरेलु क्रिकेटमा ३२ प्रथम श्रेणी खेल, २६ लिस्ट ए खेल र ३३ टि-२० खेलको अनुभव रहेको छ। सन् २०१७ को घरेलु टि-२० सिजनमा कोग्लिनले डर्हमको कप्तानी समेत गरेका थिए।

यसै बर्ष वेस्ट इन्डिज ‘ए’ टिम बिरुद्ध इंग्ल्याण्ड लायन्स टिमको प्रतिनिधित्व गर्ने मौका समेत कोग्लिनले पाईसकेका छन्। उक्त खेलमा स्याम कुरान, केटन जेन्निङ्ग्स लगायत इंग्ल्याण्ड क्रिकेटरहरु समेत खेलेका थिए।

प्रथम श्रेणी क्रिकेटमा इंग्ल्याण्ड लायन्सको प्रतिनिधित्व गरिसकेका कोग्लिनले ५१ इनिंगमा ११६८ रन जोडेका छन् भने बलिंगतर्फ समेत ५२ इनिंगमा ७५ विकेट लिएका छन्। यस्तै २२ टि-२० इनिंगमा कोग्लिनको नाममा १३७.८९ को स्ट्राइक रेटमा ४३३ रन रहेको छ।

अस्ट्रेलियन प्रशिक्षक नेथन डोड 

नेथन डोड अष्ट्रेलियाका लेभल ३ प्रशिक्षक रहेका छन्। अष्ट्रेलियायी घरेलु क्रिकेटमा डोडलाई राम्रो प्रशिक्षकका रुपमा हेरिन्छ। डोडकै सह-प्रशिक्षणमा सेन्डगेट रेडक्लिफीले सन् २०१७ र २०१८ मा क्वीन्सल्याण्ड स्टेट टि-२० लिगको उपाधि जितेको थियो। डोडले अष्ट्रेलियाका पूर्व महान खेलाडी जस्टिन ल्यांगर र अर्का प्रशिक्षक फिल जेक्ससंग रहेर घरेलु क्रिकेटमा प्रशिक्षण समेत गराएका छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]