टस जितेर नेपाल युएई बिरुद्ध बलिंग गर्दै, सागरको एक दिवसीय डेब्यु

विकेटनेपाल – १४ भदौ, बिहिवार

नेपाली क्रिकेट टोलीले बिहिवार आफ्नो तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै छ। मलेसियामा जारि एसिया कप छनौट अन्तर्गत संयुक्त अरब एमिरेट्स (युएई) र नेपाल बिरुद्धको खेलले एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको छ।

मलेसियाको किनरारा ओभल मैदानमा नेपालले टस जितेपछि युएईलाई ब्याटिंगको निम्तो दिएको छ। आफ्नो पहिलो खेलमा ओमानसंग हार बेहोरेको नेपाललाई युएई बिरुद्ध जित निकाल्नु अत्यधिक महत्वपूर्ण रहेको छ। नेपाली टोलीमा कुनैपनि परिवर्तन रहेको छैन र ओमान बिरुद्ध खेलेका ११ खेलाडी नै युएई बिरुद्ध समेत खेल्ने छन्।

नेपाल अन्तिम ११ : सुबाश खकुरेल, ज्ञानेन्द्र मल्ल. पारस खड्का, सागर पुन, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करन केसी, सन्दिप लामिछाने

Nepal Playing XI
Nepal Playing XI

युएई अन्तिम ११ : अब्दुल शकुर सेर मुहम्मद, एड्नन मुफ्ती, अहमद राजा, चिराग सुरी, मोहम्मद नबिद, मोहम्मद उस्मान, आमिर हयात, अस्फाक अहमद, रामिज सहजाद, रोहन मुस्तफा, शैमान अनवर

UAE Playing XI
UAE Playing XI

सागर पुनको एक दिवसीय डेब्यु :

यसैबीच ओमान बिरुद्धको खेलमा नेपालको ब्याटिंगमा स्टार बनेका सागर पुनले एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन्। यसअघि नेदरल्याण्ड बिरुद्धको पहिलो एक दिवसीय शृंखलामा टोलीमा नरहेका सागरले आफ्नो एक दिवसीय करियरको पहिलो खेल युएई बिरुद्ध खेल्न लागेका हुन्।

Sagar Pun receiving ODI debut cap by captain Paras Khadka
Sagar Pun receiving ODI debut cap by captain Paras Khadka

यहि सेप्टेम्बर १५ तारिकबाट संयुक्त अरब एमिरेट्स (युएई) मा संचालन हुने एसिया कपको छनौटका लागि नेपाल सहित अन्य ६ टोलीले छनौट प्रतियोगितामा भागलिंदै छन्। प्रतियोगितामा आयोजक मलेसिया, नेपाल, युएई, हंगकंग, ओमान र सिंगापुर भिड्दै छन्। यस प्रतियोगिताको बिजेताले एसिया कपको समुह “ए” मा रहेर भारत र पाकिस्तानसंग समुह चरणमा नै खेल्ने मौका प्राप्त गर्नेछ।

यस्तो छ नेपालको खेल तालिका :

एसिया कप छनौटमा नेपालले आफ्नो पहिलो खेल २९ अगस्टमा ओमानसंग बायुमास ओभल मैदानमा खेलेको थियो। यस्तै दोश्रो खेल ३० अगस्टमा युएईसंग किनरारा ओभल मैदानमा, तेश्रो खेल १ सेप्टेम्बरमा मलेसियासंग बायुमास ओभलमा, चौथो खेल २ सेप्टेम्बरमा सिंगापुरसंग युकेएम ओभल मैदानमा तथा अन्तिम खेल हंगकंगसंग ४ सेप्टेम्बरमा खेल्ने कार्यक्रम रहेको छ।

सहभागी ६ देशले एक-अर्कासंग १/१ खेल खेलीसकेपछि लिगको बिजेता र उपविजेताले ६ सेप्टेम्बरमा किनरारा ओभल मैदानमा फाईनल खेल खेल्नेछन् जसको बिजेता एसिया कप खेल्न छनौट हुनेछ।

नेपालको खेल तालिका :-

२९ अगस्ट – नेपाल Vs ओमान ( बायुमास ओभल मैदान ) , ३० अगस्ट – नेपाल Vs युएई ( किनरारा ओभल मैदान ) १ सेप्टेम्बर – नेपाल Vs मलेसिया ( बायुमास ओभल मैदान ) २ सेप्टेम्बर – नेपाल Vs सिंगापुर ( युकेएम ओभल मैदान ) ४ सेप्टेम्बर – नेपाल Vs हंगकंग ( युकेएम ओभल मैदान ) ६ सेप्टेम्बर – फाईनल ( किनरारा ओभल मैदान )

फोटो : साजन शर्मा/विकेटनेपाल





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]