टस हारेर बलिंग गर्दै नेपालको राम्रो सुरुवात

Sompal Kami

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत सातौँ स्थानको लागि नेपाल र नेदरल्याण्ड प्लेअफ खेलीरहेका छन्। टस जितेर ब्याटिंग गरेको नेदरल्याण्डले खराब सुरुवात गरेको छ।

सोमपाल कामिले सुरुवाती २ विकेट लिएपछि नेदरल्याण्डले १० ओभरमा ३७ रन बनाएर २ विकेट गुमाईसकेको छ। कप्तान पिटर बोरेन ७ रन तथा ओ डोड २४ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

नेदरल्याण्डले सोमपालले ओपनर वेसले बारेसीला र बेन कुपरलाई खाता नखोल्दै पेभेलियन पठाएका हुन्। २ विकेट लिएसंगै सोमपाल लिस्ट ए क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलर समेत बनेका छन्।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले पहिलो पटक भेट्रान स्पिनर शक्ति गौचनलाई खेलाएको छ भने बसन्त रेग्मीलाई आराम दिईएको छ। शरद भेसावकर घाइते भएका कारण आजको खेल पनि गुमाउन पुगे भने ललित भण्डारी र दिलिप नाथ अन्तिम खेलमा पनि बाहिर छन्।

नेपालको अन्तिम ११ – पारस खड्का, ज्ञानेन्द्र मल्ल, अनिल साह, दिपेन्द्र ऐरी, आरिफ शेख, रोहित पौडेल, सोमपाल कामि, शक्ति गौचन करन केसी, सन्दिप लामिछाने र ललित राजबंशी

एकदिवसीय मान्यता प्राप्त भए पनि नेपाल र नेदरल्याण्ड बीचको खेल लिस्ट ‘ए’ नै हुनेछ। नेपाल र नेदरल्याण्ड पाएको मान्यता प्रतियोगिता पछि मात्रै लागु हुनेछ।





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]