अफगानिस्तान यु-१९ बिरुद्ध टस हारेर नेपाल बलिंग गर्दै

Nepal U19 Cricket Team

भारतमा जारि चौकोणीय यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र अफगानिस्तान भिड्दै छन्। खेल लखनौ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा संचालन हुनेछ।

|| लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुहोस ||

तेस्रो स्थानका लागि खेलिने खेलमा नेपालले टस हारेर बलिंगको निम्तो पाएको छ। नेपाल यु-१९ टोलीले तेस्रो स्थानको खेलका लागि त्रित राज दास र किशोर महतोको को स्थानमा रित गौतम र संसाद आलमलाई अन्तिम ११ मा मौका दिएको छ।

सिरिज अन्तर्गत पहिलो दुई खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’संग पराजित भएको नेपाली युवा टोलीले तेस्रो खेलमा भने अफगानिस्तान यु-१९ लाई पराजित गरेको थियो। मंगलवार नै हुने प्रतियोगिताको फाइनल खेलमा भने भारत यु-१९ ‘ए’ र ‘बि’ भिड्दै छन्।

अफगानिस्तान यु-१९ले भने सिरिजमा खेल जित्न सफल भएको छैन। पहिलो दुई खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको अफगान टोलि तेस्रो खेलमा नेपाल यु-१९ संग पराजित भएको थियो।

नेपालको अन्तिम ११ – आसिफ शेख ( कप्तान , विकेटकिपर ) लोकेश बम, सन्दिप जोरा, रित गौतम, भिम शार्की,अरुण ऐरि, कमल ऐरि, राशिद खान, संसाद आलम, सागार ढकाल,पवन सर्राफ





थप समाचार

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]