नेपाल टस हारेर बलिंग गर्दै, ललित राजबंशीको डेब्यु

Nepal vs Zimbabwe

आईसीसी बिश्व कप छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा जिम्बाबेले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

नेपालको लागि देब्रे हाते स्पिनर ललित राजबंशीले डेब्यु गर्ने मौका पाएका छन्। उनलाई नेपाली टिमका ब्याटिंग कन्सल्टेन्ट उमेश पटवालले डेब्यु क्याप प्रदान गरे। जिम्बाबे बिरुद्ध नेपालले आफ्नो अन्तिम ११ टिममा शक्ति गौचन,करन केसी र अनिल साह र ललित भण्डारीलाई समाबेश गरेको छैन।

Lalit Rajbanshi
Lalit Rajbanshi

नेपालको अन्तिम ११ – 

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, रोहित कुमार पौडेल, र ललित राजबंशी

 

जिम्बाबे अन्तिम ११  

गरेम क्रिमर ( कप्तान ) , टेण्डाई चटारा, क्रेग इर्भिन, केल जार्भिस, ह्यामिल्टन मासाकाट्जा, सोलोमोन मिरे, केफास झुवाओ, सिकन्दर राजा, ब्रेण्डन टेलर, ब्रायन भिटोरी, माल्कम वालर

Nepal vs Zimbabwe
Nepal vs Zimbabwe

सहभागी टिम र समुह बिभाजन 

समुह ‘ए’ –  वेस्ट इन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र युएई
समुह ‘बि’ – अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड, हंगकंग र नेपाल

कसरि पुगे बिश्वकप छनौटसम्म टिमहरु ? 

युएई र नेपाल २०१८ डिभिजन-२ को बिजेता र उपविजेताको रुपमा
वेस्ट इन्डिज, अफगानिस्तान, जिम्बाबे र आयरल्याण्ड  – ३० सेप्टेम्बर २०१७ सम्मको आईसीसी एकदिवसीय वरियतामा उत्कृस्ट ८ टिम भित्र पर्न असफल ( ९-१२ औं स्थान )
नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी – बिश्वक्रिकेट लिग च्याम्पियनसिप २०१५-१७ मा उत्कृस्ट-४ टिम

कसरि छानिन्छ बिश्वकप छानिने २ टिम ? 

बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिमहरुलाई २ समुहमा बिभाजन गरिएको छ समुह चरणमा सबै टिमले एकअर्कासंग १-१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृस्ट-३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र खेल्नेछ )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ( समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंग पाएको अंक बाहेक )। सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृस्ट २ हुने टिम बिश्व कप २०१९ खेल्न छनौट हुनेछ।

एकदिवसीय मान्यता कसले पाउछ ? 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिश्वकप छनौट प्रतियोगितामा सहभागी १० टिम मध्ये उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई एकदिवसीय रास्ट्रको मान्यता दिने बताएको छ। १० टिम मध्ये वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान र आयरल्याण्ड टेस्ट रास्ट्र हो भने बाँकी ६ देश नेपाल, नेदरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग र युएई मध्ये सर्वाधिक अंक प्राप्त गर्ने ३ वटा टिमले एकदिवसीय मान्यता पाउनेछ।

नेपालको खेल तालिका 

४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]