राष्ट्रिय टिमको बन्द प्रशिक्षण आइतबार सुरु हुँदै

ओमानमा फेब्रुअरी १५ तारिख देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपालले आइतबार ( पुष १८ ) गते देखि काठमाडौँमा बन्द प्रशिक्षण सुरु गर्ने भएको छ।

नेपाल क्रिकेट संघको छनोट समिति र प्रशिक्षक पुबुदु दासनायकेले बन्द प्रशिक्षणको लागि ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिसकेको छ।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरु शनिवार दिउँसो सम्म काठमाडौँ होटलमा पुगेर रिपोर्टिंग गर्न क्यानले समय दिएको छ। यो वर्ष सेप्टेम्बरमा ओमानमा विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेलेपछि पहिलो पटक नेपाली राष्ट्रिय टिम अभ्यासमा फर्किएको हो। तथापी प्राय सम्पूर्ण खेलाडीहरु अनौपचारिक रुपमा भने टियु अन्तर्राष्ट्रिय मैदान तथा अनुकुल स्थानमा अभ्यासमा भने व्यस्त रहेका थिए। एपीएफ क्रिकेट टिमले यु-१९ राष्ट्रिय टिमसंग अभ्यास खेल समेत खेलेको थियो।

नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण चल्दै गर्दा काठमाडौँमा पुष २५ गते देखि प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता समेत संचालन हुनेछ। टि-२० विश्वकप छनोटलाई ध्यानमा राख्दै यो पटक प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना हुँदैछ। टि-२० फर्म्याटमा प्रधानमन्त्री कप हुने निश्चित भैसकेको जसलाई राष्ट्रिय खेलकुद परिषदले आइतबार आधिकारिक अनुमति प्रदान गर्ने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराएका छन्।

बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरुलाई प्रधानमन्त्री कपमा सहभागी हुने दिईनेछ। तथापी सबैलाई दिने या कुन-कुन खेलाडीलाई दिने निर्णय भने मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले गर्नेछन्।

बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघको कारवाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल सहित दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरी लगायत खेलाडीहरु सहभागी हुने नहुने भने थाहा भएको छैन। क्यानले बन्द प्रशिक्षणमा ३० जना खेलाडी राखेको हुँदा कारवाहीमा परेका र उनीहरुको समर्थन गर्दै शनिवार रिपोर्टिंग नगर्ने खेलाडीहरु बिना पनि प्रशिक्षक दासानायकेले बन्द प्रशिक्षण सुरु गर्नेछन्। क्यानले कारवाहीमा परेका चार जना क्रिकेटरलाई ६ महिना अनुबन्ध मुक्त गरेको छ तर खेल्न भने प्रतिबन्ध लगाएको छैन।

३० सदस्यीय बन्द प्रशिक्षण टिम : सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

टि-२० विश्वकप २०२२ मा कुल १६ टोलि सहभागी हुँदैछन् जसको लागि १२ टोलिको टुंगो लागिसकेको छ। आयोजक अस्ट्रेलिया सहित इंग्ल्यान्ड, भारत, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रीका, अफगानिस्तान, बंगलादेश सुपर-१२ चरणको लागि स्वतः छनोट भैसकेका छन् भने समुह चरणको लागि वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्ड पनि छनोट भैसकेका छन्। त्यस बाहेक बाँकी ४ टिमको टुंगो लगाउन आईसीसीले दुई वटा ग्लोबल क्वालीफायर आयोजना गर्दैछ।

ग्लोबल क्वालीफायरमा कुल १६ टोलि सहभागी हुँदैछन्। १६ टिमलाई दुई वटा समुहमा बिभाजन गरेर दुई वटा ग्लोबल छनोट प्रतियोगिता आयोजना गरिनेछ। ग्लोबल क्वालीफायर ‘ए’ २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ भने ग्लोबल क्वालीफायर ‘बि’ २०२२ जुलाई ८ देखि १८ सम्म जिम्बाब्वेमा आयोजना हुनेछ। दुवै ग्लोबल क्वालीफायरमा उत्कृस्ट हुने दुई/दुई टिम २०२२ टि-२० विश्वकपमा छनोट हुनेछन्।

टि-ट्वान्टी विश्व कप ग्लोबल छनोट ( ए ) मा नेपाल सहित आयोजक ओमान, बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, फिलिपिन्स र युएई सहभागी हुँदैछन्। यस्तै जिम्बाब्वेमा आयोजना हुने ग्लोबल क्वालीफायर ‘बि’ मा आयोजक जिम्बाब्वे सहित अमेरिका, युगान्डा, सिंगापुर, पपुवा न्यु गिनी, नेदरल्याण्ड, जर्सी र हंगकंग सहभागी हुनेछन्। सबै टिमले एक अर्का बिरुद्ध एक/एक खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम थाहा हुनेछ।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पहिलो पटक सन्दिप लामिछानेको कप्तानीमा खेल्नेछ। हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका सन्दिप लिगको समाप्ति पछि जनवरीको अन्तिम साता नेपाल पुग्नेछन्।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]