सन् २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको छनौटको लागि नेपाली क्रिकेट टिमले दोश्रो खुड्किलाको रुपमा टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगिता खेल्दै छ। गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन्न टि-२० विश्वकप छनौट ( एसिया बि ) प्रतियोगिता जितेको नेपाली टिमले अब ग्लोबल छनौटमा पुग्न टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगिता जित्नु पर्नेछ।
२२ जुलाई देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने प्रतियोगिताको तयारीको लागि यतिबेला नेपाली क्रिकेट टिम मलेसियामा रहेको छ। मलेसियामा २ वटा टि-२० सिरिज खेल्दै दुवै खेल जितेको टिम जुलाई २० तारिकमा सिंगापुर प्रस्थान गर्ने तालिका रहेको छ। खेलतालिका
मलेसियाको किनरारा ओभल मैदानमा नेपाली टिम निरन्तर अभ्यासरत रहेको छ। आयोजक सिंगापुर सहित कुवेत, मलेसिया, नेपाल र कतार गरि ५ टिम सहभागी हुने प्रतियोगिता जित्ने पर्ने हुनाले नेपाली टिम कुनै चुक गर्ने पक्षमा छैन। त्यसैले प्रशिक्षक उमेश पटवाल खेलाडीहरुलाई कडा मेहनत गराइरहेका छन्। प्रशिक्षक पटवालले फिटनेसमा पनि विशेस जोड दिईरहेका छन्।
प्रतियोगितामा नेपाली टिम विजेता भएमा नेपालले ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ। ग्लोबल छनौटमा बिश्वका नेपालले अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ। कुल १४ टिम सहभागी हुने ग्लोबल छनौटबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।
मलेसियासंगको सिरिजमा नेपालले दुवै जित दर्ता गरे पनि नेपालले अझै सुधार गर्नुपर्ने ठाउँहरु रहेको छ। पारस खड्का, शरद भेसावकर र बिनोद भण्डारीले रन बनाएता पनि अन्य ब्याट्सम्यानहरुले लय पाउन सकेका छैनन्। नेपालको ओपनिंग साझेदारी उत्कृस्ट हुन सकेको छैन भने ज्ञानेन्द्र मल्ल, पवन सर्राफ, रोहित पौडेल, प्रदिप ऐरी जस्ता ब्याट्सम्यानहरुले लय पाउन सकेका छैनन्।
प्रधानमन्त्री कप प्रतियोगिताको दौरान फाइनलमा क्याच समात्दा औलाँमा चोट लागेपछि घाइते भएका दिपेन्द्र ऐरीले अभ्यासमा ब्याटिंग गरेका छन्। मलेसियासंग २ वटै टि-२० नखेलेका उनि प्रतियोगता अघि शतप्रतिशत फिट हुने बताईएको छ। उनको आगमनले नेपालको ब्याटिंगक्रमले मजबुती पाउने विश्वास गरिएको छ।
फोटोहरुमा हेर्नुस नेपालको अभ्यास























( फोटो – रमन शिवाकोटी/ टिम व्यवस्थापक , नेपाल क्रिकेट टिम )