चिन्नुस को हुन् आज नेपाल आउने बिदेशी प्रशिक्षक

  • विकेटनेपाल, ६ माघ – शनिबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको लागि नेपाली क्रिकेट टिमलाई सघाउन भारतीय ब्याटिंग प्रशिक्षक सुलक्षण कुल्कर्नी आज नेपाल आउदै छन्।

फेब्रुवरी ८ देखि १५ तारिखसम्म नामिबियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

कुलकर्नी शनिबार दिउसो १२ बजे जेट एयरवेजको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। नेपाली क्रिकेटको लागि महत्वपूर्ण प्रतियोगिताको लागि प्रशिक्षक कुल्कर्नीले नेपाली टिमको ब्याटिंग पक्ष हेर्नेछन्।

नेपाली टिम हाल टियु मैदानमा प्रशिक्षणरत छ जो प्रतियोगिता अघि अभ्यास खेल खेल्न युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। त्यहाँ टिमले स्थानीय टिमसंग ३ वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भैसकेको छ।

यस अघि मोन्टि देसाईलाई नेपाली टिमले ब्याटिंग कन्सल्ट्यान्टको रुपमा पठाउन आईसीसीसंग माग राखेपनि देसाईले छोटो समयको लागि प्रशिक्षण गर्न नआउने बताउदै आउन अस्विकार गरेका थिए। देसाईलाई अफगानिस्तान क्रिकेट बोर्डले टिमको ब्याटिंग प्रशिक्षकको रुपमा भर्खरै नियुक्त गरेको छ।

को हुन् सुलक्षण कुल्कर्नी

कुल्कर्नी भारतका पुर्व प्रथम श्रेणीका क्रिकेटर हुन उनले सन् १९८५ देखि २००२ सम्म भारतका घरेलु टोलीहरु मुम्बई, मध्य प्रदेश, आसाम, रेलवेज र विदर्भका लागि रंजी ट्रफी क्रिकेट खेलेका थिए ।

आफ्नो खेल जीवनमा विकेट किपर ब्याट्सम्यानको भूमिका निर्वाह गरेका कुल्कर्नीले ६५ प्रथम श्रेणी र १३ लिस्ट ए क्रिकेट खेलेका छन् ।  प्रथम श्रेणीमा ३३३२ रन बनाउने क्रममा ६ शकत र १३ अर्धशतक १२२ क्याच र २१ स्टम्पिंग गरेका छन् भने लिस्ट ए क्रिकेटमा १३० रन बनाउदै १० क्याच र २ स्टम्पिंग गरेका छन् ।

(Picture: @Sportzwiki)

उनलाई मुख्य गरि सन् १९९७ को सौरास्ट्रको टिम बिरुद्द खेलेको पारिले सम्झने गरिन्छ, उनले वासिम जाफरसँग मिलेर पहिलो विकेटको लागि ४५९ रनको साझेदारी गरेका थिए। वासिफ जाफरले सन् २०१७मा विदर्भाबाट खेल्दै रंजी ट्रफीको उपाधी उचालेका छन् ।

कुलकर्नीले मुम्बईबाट सन् १९९४, १९९५ र १९९६ को रंजी ट्रफी जितेका थिए भने १९९६ मा रंजी क्रिकेटका उत्कृस्ट खेलाडी बनेका थिए ।२००२ पछी सन्यासको घोषणा गरेका उनले त्यसपछि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आईरहेका छन् । सन् २००६ मा उनी मुम्बई यु१९ को प्रशिक्षक बनेका थिए त्यसपछि २००८ देखि ३ बर्ष विदर्भको प्रशिक्षकको रुपमा रहदा २०११ मा बिदर्भले मुस्ताक अलि जोनल टी२० को उपाधी जिताएका थिए ।

सचिन तेन्दुलकर समेत भएको मुम्बईले २०१३ मा कुलाकर्नीको प्रशिक्षणमा रंजी ट्रफी जितेको थियो (Picture: tehelka.com)

विदर्भसँगको सफल कार्यकालपछी उनलाई सन् २०११ मा मुम्बईको टिमको प्रशिक्षक बनाईयो जसपछी मुम्बई २०११ मा सेमिफाइनलसम्म पुगेको थियो भने सन् २०१३ मा उपाधीनै उचालेको थियो । त्यसपछि २०१४ मा क्वाटरफाइनलबाट बाहिरिएपछी मुम्बई क्रिकेट एसोसिएनले उनलाई बर्खास्त गरेको थियो ।

५१ वर्षका कुलाकर्नीले सन् २०१६ मा छत्तीसगढको रंजी टिमको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]