नेपाली टिम शुक्रबार स्वदेश फर्कदै, सन्दिप पनि आउने

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ २१

एसिया कप छनौट प्रतियोगिताको सहभागिता पछि नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश आगमन गर्नेछ। राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार सम्पूर्ण  नेपाली टिम शुक्रबार दिउसो १२:१५ बजे मालिन्डो एअरमार्फत फर्किनेछ।

एसिया कप छनौट प्रतियोगितामा नेपालले चौथो स्थान हात पारेपछि छनौट हुन असफल रहेको थियो। प्रतियोगिताको उपाधि जित्ने दाबेदारी सहित मलेसिया पुगेको टिमको खराब ब्याटिंगलाई असफलतामा जिम्मेवार मानिएको छ।

प्रतियोगितामा खेलेको ५ खेल मध्ये २ खेलमा मात्र जित हातपार्ने क्रममा नेपालले मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने  ओमान,युएई र हंगकंगसंग पराजित भएको थियो।

छनौट प्रतियोगिताको उपाधिको लागि हंगकंग र युएई आज बिहिबार प्रतिस्पर्धा गरिरहेका छन्। फाइनल जित्ने टीम सेप्टेम्बर १५ देखि युएईमा सुरु हुने एसिया कप खेल्न छनौट हुनेछ। एसिया कपमा भारत,  पाकिस्तान,बंगलादेश, श्रीलंका र अफगानिस्तान र छनौट प्रतियोगिताबाट जाने १ टिम गरि ६ टिम सहभागी हुनेछन्।

सन्दिप नेपाल फर्कने 

क्यारेबियन प्रिमियर लिग टि -२० चल्दै गर्दा एसिया कप छनौट खेल्न मलेसिया पुगेका सन्दिप अब वेस्ट इन्डिज फर्किनेछैनन्।

Sandeep Lamichhane

क्यारेबियन प्रिमियर लिगमा सन्दिपको टिम अंकतालिकामा १० खेलमा ५ जित सहित ११ अंक बटुली हाल दोश्रो स्थानमा रहेको छ र प्ले-अफ पुग्ने सम्भावना जीवित राखेको छ। सन्दिपको सट्टा दक्षिण अफ्रीकाका चाइनाम्यान बलर तब्रेज शम्शी सेन्ट किट्सको लागि खेल्न प्रतिस्थापन गरिएको छ। एक पटक कुनै खेलाडीलाई प्रतिस्थापन गरिसकेपछि पुनः प्रतिस्थापन गर्न नमिल्ने हुँदा सन्दिप नेपाल फर्किन लागेका हुन्।

लिगमा राम्रो प्रदर्शन गरेका सन्दिपले ५ खेलमा कुल ७ विकेट लिएका थिए। यस क्रममा उनले मात्र ६.२३ प्रति ओभर रन दिएका छन् जुन उत्कृस्ट मध्येको एक हो।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]