फर्कियो विजेता नेपाली टिम ( फोटो फिचर )

  • विकेटनेपाल, असोज २७ 

मलेसियामा शुक्रबार सम्पन्न आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। शनिबार १ बजे दिउसो नेपाली टिम मालिन्डो एअरलायन्सको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

मलेसियामा शुक्रबार सम्पन्न प्रतियोगिताको सिंगापुरसंगको अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल विजेताको भएको हो। सन् २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जितेको ४ बर्ष पछि मात्रै नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिताको उपाधि जितेको हो।

प्रतियोगिताको विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।

शरद भेसावकर र सन्दिप लामिछाने भने टिमसंग नेपाल फर्किएनन्। सन्दिप अफगानिस्तान प्रिमियर लिग खेल्न मलेसियाबाटै शुक्रबार राती युएई प्रस्थान गरेका हुन् भने शरद मलेसियामै लेभल-२ प्रशिक्षक तालिमको लागि बस्ने कार्यक्रम रहेको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

एअरपोर्टमा यो पटक विजेता ट्रफीसंग पारस खड्काको सट्टा ललित राजबंशी निस्केका थिए। फर्केपछि विकेटनेपाललाई प्रतिक्रिया दिंदै ललितले आफ्नै चाहनाको कारण कप्तानसंग अनुमति लिएर अगाडी आएको बताए।

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]