फर्कियो विजेता नेपाली टिम ( फोटो फिचर )

  • विकेटनेपाल, असोज २७ 

मलेसियामा शुक्रबार सम्पन्न आईसीसी टि-२० बिश्वकप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। शनिबार १ बजे दिउसो नेपाली टिम मालिन्डो एअरलायन्सको बिमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

मलेसियामा शुक्रबार सम्पन्न प्रतियोगिताको सिंगापुरसंगको अन्तिम खेल वर्षाले पुरा हुन नसकेपछि अंकतालिकामा समान अंक रहेपनि नेट रन-रेटको आधारमा नेपाल विजेताको भएको हो। सन् २०१४ को बिश्व क्रिकेट लिग डिभिजन-३ को उपाधि जितेको ४ बर्ष पछि मात्रै नेपाली क्रिकेट टिमले कुनै प्रतियोगिताको उपाधि जितेको हो।

प्रतियोगिताको विजेता हुँदै नेपाल, उपविजेताको रुपमा सिंगापुर र तेश्रो हुँदै मलेसिया टि-२० बिश्वकप छनौटको दोश्रो चरण एसिया छनौट प्रवेश गर्न सफल भएका छन्। एसिया छनौटमा नेपाल, सिंगापुर, मलेसिया सहित यएई, कुवेत र कतार छनौट भएका छन्। एसिया छनौटबाट उत्कृस्ट २ टिम टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्न छानिनेछन्।

शरद भेसावकर र सन्दिप लामिछाने भने टिमसंग नेपाल फर्किएनन्। सन्दिप अफगानिस्तान प्रिमियर लिग खेल्न मलेसियाबाटै शुक्रबार राती युएई प्रस्थान गरेका हुन् भने शरद मलेसियामै लेभल-२ प्रशिक्षक तालिमको लागि बस्ने कार्यक्रम रहेको विकेटनेपाललाई जानकारी प्राप्त भएको छ।

एअरपोर्टमा यो पटक विजेता ट्रफीसंग पारस खड्काको सट्टा ललित राजबंशी निस्केका थिए। फर्केपछि विकेटनेपाललाई प्रतिक्रिया दिंदै ललितले आफ्नै चाहनाको कारण कप्तानसंग अनुमति लिएर अगाडी आएको बताए।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy