भारत जाँदै नेपाली टिम

nepal cricket team
  • विकेटनेपाल- फाल्गुन १३ , काठमाडौँ 

अभ्यास खेल खेल्न नेपाली क्रिकेट टिम १ हफ्ते लामो भारत भ्रमणमा आज बेलुका ५ बजे भारतको ग्रेटर नोइडा प्रस्थान गर्दैछ l नेपाली टिम नेपाल एयरलायन्सको बिमानमा त्यसतर्फ प्रस्थान गरि फाल्गुन १३ गते फर्किने कार्यक्रम रहेको छ l

केन्यासंग घरेलु मैदानमा यही फाल्गुन २८ र ३० गते संचालन हुने बिश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौ चरणको खेलको अघि आईसीसीले भारत भ्रमणको अवसर जुराएको हो l भ्रमणको लागि मंगलबार १९ सदस्यीय टोलिको घोषणा गरिएको थियो l ( यहाँ हेर्नुस टिम )

१ हफ्ते बसाईको क्रममा नेपाली टिमले ३ वटा अभ्यास खेल खेल्ने छ l नेपाली टिमले भारतमा को संग अभ्यास खेल खेल्ने भने हालसम्म जानकारी गराईएको छैन l नेपाली टिमका म्यानेजर रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए अनुसार भ्रमणको ब्यबस्थापन आईसीसी प्रतिनिधि भेन्कट पति राजुले गरिरहेको र टिम भारत पुगीसकेपछि बिपक्षी टिमबारे थाहा हुनेछ l

आजै भारत पुग्ने नेपाली टिमले भोलि शनिबार अभ्यासमा समय बिताउने छ l टिमले पहिलो अभ्यास खेल आइतबार खेल्नेछ l

भ्रमण टिममा कप्तान पारस खड्का जाने छैनन् जो गत हफ्ता गरिएको एपेन्डिसाइटिस अपरेसन पछि आराममा छन् l खड्का नेपाली टिम फर्किएपछि अभ्यासमा फर्कन सक्ने बताईएको छ l ( बिस्तृत जानकारी यहाँ )

भारत भ्रमण लगत्तै केन्यासंग खेल्ने १४ सदस्यीय नेपाली टिमको घोषणा हुने जानकारी म्यानेजर शिवाकोटीले जानकारी गराएका छन् l

भारत भ्रमणको लागि घोषणा गरिएको टिममा दिपेन्द्र ऐरी, सुनिल धमला, दिपेन्द्र ऐरी, आसिफ शेख जस्ता नामहरु पनि छन् जसले अन्तिम १४ मा नाम लेखाउन दाबेदारी प्रस्तुत गर्दैछन् l यस्तै राजेश पुलामी, भुवन कार्की, मेहबुब आलम, आरिफ शेख, अविनाश कर्ण जस्ता नामहरुले नेपाली टिममा पुनः स्थान बनाउन सक्ने वा नसक्ने निर्धारण गर्न भारत भ्रमणमा खेलिने अभ्यास खेलको प्रदर्शनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने छ l

यो पनि पढ्नुस :- 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]