यस्तो छ नेपालले डिभिजन-२ मा लगाउने नयाँ जर्सी

  • विकेटनेपाल- माघ १८- बिहिबार 

नेपाली क्रिकेट टिमले आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ मा नयाँ जर्सी लगाएर खेल्ने भएको छ।

फेब्रुअरी ८ देखि १५ तारिकसम्म नामिबियामा आयोजना हुने प्रतियोगिता अघि नेपाली टिम हाल युएईमा अभ्यास खेल खेल्ने क्रममा रहेको छ जुन क्रममा दोश्रो अभ्यास खेलमा युएई ‘ए’ बिरुद्ध बुधबार नेपाली टिम नयाँ जर्सी लगाएर मैदानमा उत्रिएको थियो। मंगलबार खेलिएको अभ्यास खेलमा भने नेपालले पुरानै रातो अभ्यास जर्सी लगाएर खेल्यो।

नेपाली टिमले लगाउने जर्सी भारतको टि-टेन स्पोर्ट्सले बनाउदै आएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीलेनै जर्सी लगायत नेपाली क्रिकेट टिमको ब्यबस्थापनको पाटो हेर्दै आएको छ।

नेपालि क्रिकेट टिमले पहिले देखि लगाउने जर्सीमा निलो रंग धेरै जसमा रातो मिसिएको हुने गर्थ्यो तर यो पटकको जर्सीमा रातो रंगको धेरै प्रयोग गरिएको छ जसमा निलो मिसाइएको छ। जर्सीको माथिल्लो भागमा पूर्ण रातो र तल्लो भागमा निलो र रातोको मिश्रण गरिएको छ।

यस अघि नेपालले युएईमा बिश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल खेल्दा लगाएको जर्सीको अधिकांश भाग निलो थियो भने बाहुला र छेउको भाग रातो थियो। निलो र रातोको यही अनुपात भएको जर्सीमा नेपालले लामो समय देखि लगाउदै आएको।

हेर्नुस फोटोहरुमा नेपालको नयाँ जर्सी 

नेपालले बिगतमा लगाएको जर्सीहरु – 

टि-२० बिश्वकप २०१४ 

shakti gauchan
२०१४ टि-२० बिश्वकपमा नेपालले लगाएको जर्सी

सन् २००८ डिभिजन-५ 

सन् २००८ मा नेपालको जर्सी

सन् २०१० एसीसी ट्रफी 

२०१० एसीसी ट्रफीमा नेपालको जर्सी

सन् २००८ यु-१९ बिश्वकप 

सन् २००८ यु-१९ बिश्वकपमा नेपालको जर्सी ( फोटो – zimbio.com )

सन् २०१६ बिश्व क्रिकेट बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसंग खेल्दाको जर्सी 

 

 





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]