सुरु भयो नेपालको तयारी ( फोटो फिचर )

Paras Khadka
  • विकेटनेपाल, असार २३ 

लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ तारिखमा हुने आयोजक मेरीलेबोन क्रिकेट क्लब (एमसिसी), नेदरल्याण्ड र नेपाल सम्मिलित टि-२० त्रिकोणात्मक शृंखला तथा नेदरल्याण्डसँग अगस्ट १ र ३ मा हुने ऐतिहासिक एकदिवसीय सिरिजको लागि नेपालले शनिबार देखि तयारी थालेको छ।

प्रतियोगिताको बन्दसत्रको लागि शुक्रबार २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको थियो। टिममा सुबास खकुरेल र प्रदिप ऐरिले पुनरागमन गरेका छन् भने नयाँ अनुहार हरि क्षेत्री ( चौहान ) ले समेत मौका पाएका छन्। टिममा सुबास खकुरेल, प्रदीप ऐरी, हरि चौहानका साथै अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललितसिंह भण्डारी, ललित नारायण राजबंशी, आरिफ शेख, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शक्ति गौचन, शरद भेसावकर, सोमपाल कामी, सुनिल धमला र सुशन भारी रहेका छन्।

बन्दसत्रको पहिलो दिन टिमले ब्याटिंग र बलिङ्गको नेट अभ्यास गर्यो जसको लागि टियु मैदानको मध्य पिचमा नेट लगाईएको थियो। युरोपको परिस्थितिलाई मध्यनजर गर्दै पिचलाई घाँसे बनाएर अभ्यास गरिएको छ। टिमले फिल्डिंग अभ्यासमा समेत समय बितायो। ग्लोबल टि-२० क्यानडा खेलीरहेका सन्दिप लामिछाने तथा अमेरिकामा रहेका शरद भेसावकर भने बन्दसत्रमा अनुपस्थित रहेका छन्।

करिब २ साताको अभ्यास पछि टिम इंग्ल्याण्ड जाने र त्रिकोणात्मक सिरिज अघि अभ्यास खेलहरु समेत खेल्ने टिमका ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराएका छन्।

हेर्नुस पहिलो दिन अभ्यासको फोटोहरु :- 

Karan KC
Karan KC
Binod Bhandaari
Binod Bhandaari
Paras Khadka
Paras Khadka
Sompal Kami
Sompal Kami

Pradeep Airee
Pradeep Airee
Rohit Poudel
Rohit Poudel
Anil Sah
Anil Sah
Subash Khakurel
Subash Khakurel
Sunil Dhamala
Sunil Dhamala
Lalit Singh Bhandari
Lalit Singh Bhandari
Lalit Rajbanshi
Lalit Rajbanshi
Shakti Gauchan
Shakti Gauchan
Binod Bhandari, Paras Khadka
Binod Bhandari, Paras Khadka
Aarif Sheikh bowling
Aarif Sheikh bowling

( फोटोहरु – राजन अधिकारी )





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]