अभ्यास टुरको लागि नेपाली टिम श्रीलंका प्रस्थान

२०७५ भाद्र ५, मंगलवार ११:३०

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ ४ 

मलेसियामा अगस्ट  २९ देखि सुरु हुने एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि नेपाली क्रिकेट टिम सोमबार श्रीलंका प्रस्थान गरेको छ।  दिउसो १ बजे श्रीलंका प्रस्थान गरेको टिमलाई सभामुख कृष्ण बहादुर महराले बालुवाटार स्थित आफ्नै निवासबाट बिदाई गरे।

नेपाली टिमले श्रीलंकामा ३ वटा अभ्यास खेल खेल्नेछ जस अन्तर्गत अगस्ट २२ मा पहिलो अभ्यास खेल आर्मी क्रिकेट टिमसंग, अगस्ट २४ मा ब्लुमफिल्डसंग दोश्रो तथा अगस्ट २६ मा कोल्ट्ससंग तेश्रो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। श्रीलंका भ्रमण पछि टिम अगस्ट २७ तारिकमा मलेसिया प्रस्थान गर्नेछ।

एसिया कप क्वालिफायर अन्तर्गत नेपालले अगस्ट २९ तारिकमा ओमानसंग पहिलो खेल खेल्नेछ। प्रतियोगितामा नेपाल सहित ओमान, युएई, मलेसिया, सिंगापुर, हंगकंग प्रतिस्पर्धा गर्नेछन् जसमध्ये बिजेता टिमले १५ सेप्टेम्बर देखि युएईमा आयोजना हुने एसिया कप खेल्न पाउनेछ।

टिमको बिदाई कार्यक्रममा बोल्दै टिमका मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कप छनौट प्रतियोगिता नेपालको लागि सहज नरहेको प्रतिक्रिया दिएका छन् भने कप्तान पारस खड्काले एसिया कप छनौट हुने अवसर ठुलो रहेको जसको लागि नेपाल तयार रहेको बताए-

एसिया कप छनौटको लागि नेपालले १५ सदस्यीय टोलिको घोषणा गरेको छ जसमा नेदरल्याण्ड टुरमा नरहेका बिनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन्। चोटका कारण शरद भेसावकरले भने एसिया कप छनौट खेल्ने अवसर गुमाउनेछन्। यस्तै क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy