अभ्यास टुरको लागि नेपाली टिम श्रीलंका प्रस्थान

Nepal Cricket Team
  • विकेटनेपाल, भदौ ४ 

मलेसियामा अगस्ट  २९ देखि सुरु हुने एसिया कप छनौट प्रतियोगिताको तयारीको लागि नेपाली क्रिकेट टिम सोमबार श्रीलंका प्रस्थान गरेको छ।  दिउसो १ बजे श्रीलंका प्रस्थान गरेको टिमलाई सभामुख कृष्ण बहादुर महराले बालुवाटार स्थित आफ्नै निवासबाट बिदाई गरे।

नेपाली टिमले श्रीलंकामा ३ वटा अभ्यास खेल खेल्नेछ जस अन्तर्गत अगस्ट २२ मा पहिलो अभ्यास खेल आर्मी क्रिकेट टिमसंग, अगस्ट २४ मा ब्लुमफिल्डसंग दोश्रो तथा अगस्ट २६ मा कोल्ट्ससंग तेश्रो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। श्रीलंका भ्रमण पछि टिम अगस्ट २७ तारिकमा मलेसिया प्रस्थान गर्नेछ।

एसिया कप क्वालिफायर अन्तर्गत नेपालले अगस्ट २९ तारिकमा ओमानसंग पहिलो खेल खेल्नेछ। प्रतियोगितामा नेपाल सहित ओमान, युएई, मलेसिया, सिंगापुर, हंगकंग प्रतिस्पर्धा गर्नेछन् जसमध्ये बिजेता टिमले १५ सेप्टेम्बर देखि युएईमा आयोजना हुने एसिया कप खेल्न पाउनेछ।

टिमको बिदाई कार्यक्रममा बोल्दै टिमका मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कप छनौट प्रतियोगिता नेपालको लागि सहज नरहेको प्रतिक्रिया दिएका छन् भने कप्तान पारस खड्काले एसिया कप छनौट हुने अवसर ठुलो रहेको जसको लागि नेपाल तयार रहेको बताए-

एसिया कप छनौटको लागि नेपालले १५ सदस्यीय टोलिको घोषणा गरेको छ जसमा नेदरल्याण्ड टुरमा नरहेका बिनोद भण्डारी र सागर पुनले पुनरागमन गरेका छन्। चोटका कारण शरद भेसावकरले भने एसिया कप छनौट खेल्ने अवसर गुमाउनेछन्। यस्तै क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिप लामिछाने अगस्ट २८ तारिकमा मलेसिया पुग्नेछन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]