नेपाली खेलाडीलाई अमेरिकी कम्पनीको प्रायोजन

क्रिकेटर बसन्त रेग्मी र सिद्धान्त लोहनीलाई अमेरिकी खेल सामग्री कम्पनी ‘आदि स्पोर्ट्स युएसए’ले क्रिकेट किट प्रयोजन गरेको छ l

सिद्धान्तलाई ५ बर्ष र बसन्तलाई ३ बर्षको लागि आदि स्पोर्ट्सले सम्पूर्ण क्रिकेट किट प्रायोजन गरेको हो l

प्रायोजन सम्झौता अनुसार क्रिकेट ब्याट, प्याड, हेल्मेट लगायत सम्पूर्ण सामग्री आवस्यकता अनुसार दुवै क्रिकेटरले प्रयोग गर्न पाउनेछन् भने उक्त अबधिमा रास्ट्रिय र अन्तररास्ट्रिय खेलहरुमा आदि स्पोर्ट्स अंकित सामग्री प्रयोग गर्नुपर्नेछ l 15033696_192506251201405_71838914_n

अमेरिकामा बसोबास गर्ने नेपाली राइनोज क्रिकेट क्लबका आशिक लामा तामांग र उत्सब सिग्देलको पहलमा आदि स्पोर्ट्सका मालिक आदि भट्टी नेपाली क्रिकेटरलाई प्रायोजन गर्ने तयार भएका हुन् l अन्य क्रिकेटरहरुलाई पनि ब्राण्डहरु संग सम्झौता गराउन पहल गरिरहेको क्लबका उत्सब सिग्देलले विकेटनेपाललाई बताएका छन् l

नेपाली क्रिकेट टिमका ८ सदस्यहरु यतिबेला टु एक्स क्रिकेट प्रतियोगिता खेल्न अमेरिका छन् l नेपाली राइनोज क्लब बाट प्रतियोगिता खेल्न अमेरिका पुगेका नेपाली टिमको सम्पूर्ण ब्यबस्थापन नेपाली राइनोज क्रिकेट क्लबलेनै गरेको छ l

नेपाली टिमले पहिलो खेल भोलि एमएसएम. इंग्ल्यान्ड संग खेल्नेछ l खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ  l

यो पनि पढ्नुस : 

अमेरिकामा पारस खड्का सहित ८ नेपाली क्रिकेटर

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy