नेपाली खेलाडीलाई अमेरिकी कम्पनीको प्रायोजन

क्रिकेटर बसन्त रेग्मी र सिद्धान्त लोहनीलाई अमेरिकी खेल सामग्री कम्पनी ‘आदि स्पोर्ट्स युएसए’ले क्रिकेट किट प्रयोजन गरेको छ l

सिद्धान्तलाई ५ बर्ष र बसन्तलाई ३ बर्षको लागि आदि स्पोर्ट्सले सम्पूर्ण क्रिकेट किट प्रायोजन गरेको हो l

प्रायोजन सम्झौता अनुसार क्रिकेट ब्याट, प्याड, हेल्मेट लगायत सम्पूर्ण सामग्री आवस्यकता अनुसार दुवै क्रिकेटरले प्रयोग गर्न पाउनेछन् भने उक्त अबधिमा रास्ट्रिय र अन्तररास्ट्रिय खेलहरुमा आदि स्पोर्ट्स अंकित सामग्री प्रयोग गर्नुपर्नेछ l 15033696_192506251201405_71838914_n

अमेरिकामा बसोबास गर्ने नेपाली राइनोज क्रिकेट क्लबका आशिक लामा तामांग र उत्सब सिग्देलको पहलमा आदि स्पोर्ट्सका मालिक आदि भट्टी नेपाली क्रिकेटरलाई प्रायोजन गर्ने तयार भएका हुन् l अन्य क्रिकेटरहरुलाई पनि ब्राण्डहरु संग सम्झौता गराउन पहल गरिरहेको क्लबका उत्सब सिग्देलले विकेटनेपाललाई बताएका छन् l

नेपाली क्रिकेट टिमका ८ सदस्यहरु यतिबेला टु एक्स क्रिकेट प्रतियोगिता खेल्न अमेरिका छन् l नेपाली राइनोज क्लब बाट प्रतियोगिता खेल्न अमेरिका पुगेका नेपाली टिमको सम्पूर्ण ब्यबस्थापन नेपाली राइनोज क्रिकेट क्लबलेनै गरेको छ l

नेपाली टिमले पहिलो खेल भोलि एमएसएम. इंग्ल्यान्ड संग खेल्नेछ l खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ  l

यो पनि पढ्नुस : 

अमेरिकामा पारस खड्का सहित ८ नेपाली क्रिकेटर





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]