लर्ड्स मैदानमा नेपालको अर्को जित, एमसीसी ९ विकेटले पराजित

Mahela Jayawardene , Paras Khadka
  • विकेटनेपाल – १३ श्रावण, आइतवार

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा जारि एमसीसी र नेदरल्याण्ड बिरुद्धको टि-२० शृंखलामा नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको छ। यसअघि सन् २०१६ मा पहिलो पटक लर्ड्समा नेपालले एमसीसीलाई ५० ओभरको खेलमा ४१ रनले पराजित गरेको थियो। स्कोरकार्ड

वर्षाका कारण ढिलो गरी सुरु भएको खेललाई प्रति इनिंग ६ ओभरमा घटाइएको थियो। निर्धारित ६ ओभरमा ४१ रनको लक्ष्य पछ्याएको नेपालले ४.४ ओभरमा मात्र १ विकेट गुमाएर जित दर्ता गर्न सफल भयो। नेपालको रोमान्चक जितमा ओपनर सुबास खकुरेलले अविजित १६ तथा ज्ञानेन्द्र मल्लले अविजित १२ रन जोडे। मल्लले मात्र ४ बलमा १२ रन जोड्दा १ चौका र १ छक्का प्रहार गरे भने खकुरेलले १५ बलमा २ चौकाको सहायताले १६ रन जोडे। यस्तै अर्का ओपनर अनिल साह भने ९ बलमा २ चौका सहित ९ रन बनाएर आउट हुन पुगेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको घरेलु टोलि एमसीसीले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ४० रन जोडेको थियो। उसको इनिंगमा कप्तान तथा श्रीलंकन् स्टार माहेला जयवर्दनेले अविजित २४ रन जोडेका थिए। १६ बलमा उनले ४ चौका प्रहार गरेका थिए। यस्तै पिटर मुरले ६ रन तथा म्याट कोल्सले ५ रन जोडेका थिए।

नेपालको बलिंगमा तिब्र गतिका बलर सोमपाल कामीले उत्कृस्ट प्रदर्शन गर्दै २ ओभरमा ८ रन खर्चिएर २ विकेट चट्काएका थिए। यस्तै शक्ति गौचनले आफ्नो १ ओभरमा ६ रन खर्चिएर १ विकेट लिएका थिए। विकेट निकाल्न नसकेका ललित भण्डारीले एक ओभरमा ५ रन, पारस खड्काले एक ओभरमा ७ रन तथा सन्दिप लामिछानेले एक ओभरमा १३ रन खर्चिएका थिए। नेपालले जोनाथन ट्रटको विकेट भने रन आउटको रुपमा प्राप्त गरेको थियो।

Sandeep Lamichhane bowling at Lords
Sandeep Lamichhane bowling at Lords
Mahela Jayawardene , Paras Khadka
Mahela Jayawardene , Paras Khadka





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]