असली थ्रीडी प्लेयर दीपेन्द्र…

काठमाडौं । नेपाली क्रिकेटमा टाइगर उपनामले परिचित क्रिकेटर दीपेन्द्रसिंह ऐरीको अर्को परिचय थ्रीडी प्लेयर पनि रहेको छ । थ्रीडीको अर्थ क्रिकेटको तीनवटै डिपार्टमेन्टमा अब्बल खेलाडी हो ।

दीपेन्द्र ब्याटिङ, बलिङ तथा फिल्डिङ तीनै विधामा टिमका सर्वाधिक उत्कृष्ट खेलाडी हुन् । टी-२० आई तर्फ दीपेन्द्रको रेर्कडले नै बताउँछ कि उनी कस्ता प्लेयर हुन् भनेर ।

ब्याटिङमा दीपेन्द्र

दीपेन्द्रले टी-२० आईमा ६४ खेलको ५६ ईनिङमा १ हजार ६ सय २६ रन बनाएका छन् । नेपालको लागि टी-२० आईमा सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा दीपेन्द्र नै रहेका छन् । १ हजार ६ सय २६ रन बनाउँदा दीपेन्द्रले एक शतक तथा नौ अर्धशतक प्रहार गरेका छन् । उनको ईनिङमा ६८ छक्का तथा १ सय २६ चौका रहेका छन् । छक्का र चौका प्रहारको मामलामा समेत दीपेन्द्र अग्रस्थानमा नै रहेका छन् ।

दीपेन्द्रको ब्याटिङ स्ट्राईक रेट १ सय ४६ दशमलब ७५ तथा रनको औसत ३८ दशमलब ७१ रहेको छ । दीपेन्द्रले पछिल्लो पाँच खेलमा ६७ बल सामना गर्दा १ सय ३० रन बनाएका छन् । दोस्रो पटक विश्वकप खेल्दै गरेको नेपालका लागि दीपेन्द्रको ब्याटिङ प्रदर्शन महत्वपुर्ण रहनेछ ।

बलिङमा दीपेन्द्र

नेपालका लागि टी-२० आईमा सर्वाधिक विकेट लिने बलरको सुचीमा दीपेन्द्र शीर्ष पाँच भित्र रहेका छन् । दीपेन्द्रले आफुले खेलेको ६४ मध्ये ३९ खेलमा बलिङ गर्दै ३७ विकेट लिएका छन् । दीपेन्द्रले ६ दशमलब १ को इकोनोमीमा ३७ विकेट लिएका हुन् ।

दीपेन्द्रले एक खेलमा चार विकेट समेत लिएका छन् । करियरमा १ सय १० दशमलब ४ ओभर बलिङ गर्दै उनले ६ सय ७६ रन खर्चिएका छन् । सुरुआतको २२ खेल मध्ये १ खेलमा मात्र बलिङ गरेका दीपेन्द्र हाल टोलीको मुख्य बलर सरह भईसकेका छन् । दीपेन्द्रले पछिल्लो ४२ मध्ये ३८ खेलमा बलिङ गरेका छन् ।

फिल्डिङमा दीपेन्द्र

नेपालको हालको टिममा सबै खेलाडीहरु फिल्डमा त्यती नै सक्रियरुपमा रहन्छन् । तर, दीपेन्द्र फिल्डिङको हरेक पाटोमा उत्कृष्ट रहेका छन् । रन आउट गराउनेमा, रन रोक्ने सिलसिलामा तथा नसोचिएका अद्भुत क्याच लिने मामलामा दीपेन्द्र अग्र स्थानमा आउने नाम हो । दीपेन्द्रको नाममा अहिलेसम्म २८ क्याच रहेको छ ।

आफ्नो दोस्रो विश्वकपका लागि नेपाली टोली हाल अमेरिकामा अन्तिम तयारीमा रहेको छ । ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले विश्वकपको सुरुआत गर्नेछ । यस विश्वकपमा तीन वटै डिपार्टमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको योगदान महत्वपुर्ण रहनेछ ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]